Home Login
स्वास्थ्य

एनआरएनए पोर्चुगलद्वारा स्वर्गीय यमबहादुर मगरको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

पोर्चुगल — शुक्रबार स्वर्गीय यमबहादुर राना मगरप्रति श्रद्धाञ्जली कार्यक्रम सम्मानपूर्वक सम्पन्न भएको छ । कार्यक्रममा एनआरएनए पोर्चुगलका आईसीसी सदस्य, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सदस्यहरू, विभिन्न समाजका प्रतिनिधिहरू को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम सम्पन्नलगत्तै स्वर्गीय राना मगरको पार्थिव शरीर नेपाल पठाउने तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको छ । फ्युनरल सर्विसका अनुसार उहाँको शव आइतबार वा सोमबार भित्र नेपाल पठाइने तयारी भइरहेको छ ।

मृतक परिवारसँग निरन्तर समन्वय र संवाद गर्दै सबै प्रक्रिया व्यवस्थित र जिम्मेवारीपूर्वक अघि बढाइएको छ । फ्युनरल सर्विसका अनुसार सम्पूर्ण प्रक्रिया सम्पन्न गर्न करिब तीन हजार यूरो खर्च हुने अनुमान गरिएको छ र उक्त रकम सोमबारसम्म भुक्तानी गरिने जानकारी प्राप्त भएको छ ।

यस सम्पूर्ण प्रक्रियामा निष्ठापूर्वक समन्वय गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नु भएका विशेष सचिव अर्जुन भण्डारीलाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।

Leave a Reply