Home Login

लिस्बन (पोर्चुगल) — लिस्बनस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै आगामी डिसेम्बर महिनामा पर्ने स्थानीय सार्वजनिक बिदाको अवसरमा राजदूतावासको सेवा बन्द रहने जानकारी गराएको छ । राजदूतावासले प्रकाशित गरेको सूचना अनुसार, विसं २०८२ साल मङ्सिर २२ गते (तदनुसार ८ डिसेम्बर २०२५, सोमबार) का दिन राजदूतावास बन्द रहनेछ । उक्त दिन पोर्चुगलको राष्ट्रिय पर्व तथा सार्वजनिक […]

लिस्बन (पोर्चुगल) – पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलले लिस्बन सिटी काउन्सिलका उच्च अधिकारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राजदूत पौडेलले मंगलबार (डिसेम्बर ३ तारिख) लिस्बन सिटी काउन्सिलका महासचिव श्री अल्बेर्तो लाप्लेन गिमाराइस (Mr. Alberto Laplaine Guimarães) सँग भेट गर्नुभएको हो । भेटका अवसरमा दुई पक्षबीच नेपाल र पोर्चुगल, विशेषगरी लिस्बन सहर र नेपाली […]

लिस्बन (पोर्चुगल)  — पोर्चुगलस्थित नेपाली राजदूतावासले मदेइरामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न विशेष घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । राजदूतावासले आज (बुधबार) एक सूचना जारी गर्दै आगामी डिसेम्बर ६ र ७ (शनिबार र आइतबार) का दिन मदेरामा शिविर सञ्चालन हुने जानकारी गराएको हो । दूतावासका अनुसार, मदेरामा […]

पोर्चुगल —  पोर्चुगलस्थित नेपाली राजदूतावासले मदेरा (Madeira) मा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै राहदानी नवीकरण तथा अन्य कन्सुलर सेवाहरू प्रदान गर्न दुई दिने ‘घुम्ती शिविर’ सञ्चालन गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै राहदानीको म्याद सकिएका, बिग्रिएका वा म्याद ६ महिनाभन्दा कम बाँकी रहेका नेपाली नागरिकहरूलाई पायक पर्ने स्थानमै गएर सेवा प्रवाह […]

लिस्बन — लिस्बनको एभेनिडा दास फोर्सास आर्माडासमा आज बिहान भएको एक हृदयविदारक कार दुर्घटनामा छ जना युवा यात्रुहरूको मृत्यु भएको छ । दुर्घटनाग्रस्त सवारी साधनमा अत्यधिक यात्रुहरू (६ जना) रहेको र अनियन्त्रित भई दुर्घटना भएपछि कारमा आगो लागेको लिस्बन फायर ब्रिगेडले जनाएको छ । यो दुखद घटना आइतबार बिहान करिब ३:४१ बजे भएको थियो । […]

पोर्चुगल — पोर्चुगलस्थित नेपाली राजदूतावास, लिस्बनले दूतावासमा विभिन्न कामका लागि आउने सेवाग्राहीहरूको सुविधा र कार्यसम्पादनमा सहजता ल्याउनका लागि केही महत्वपूर्ण नियमहरू पालना गर्न अनुरोध गरेको छ । दूतावासले जारी गरेको सूचनामा सेवा लिन आउनुअघि गर्नुपर्ने तयारी र पालना गर्नुपर्ने समयतालिकाबारे विस्तृत जानकारी दिइएको छ । दूतावासले राहदानी फाराम भर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ […]

म्याड्रिड, स्पेन — स्पेन र माल्टामा बसोबास गर्दै आएका नेपाली नागरिकहरूका लागि एक महत्त्वपूर्ण तथा खुसीको खबर छ । नेपाली राजदूतावास म्याड्रिडले औपचारिक रूपमा व्यक्तिगत घटना दर्ता (जन्म र मृत्यु दर्ता) को सेवा सुरु गरेको छ । यो सेवा सुरु भएसँगै अब स्पेन र माल्टामा रहेका नेपालीहरूले आफ्ना बालबच्चाको जन्म दर्ता वा परिवारका सदस्यको मृत्यु […]

पोर्चुगल — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि अनलाइन आवेदन खुला गरेको छ । राजदूतावासले एक सूचना जारी गर्दै आगामी डिसेम्बर महिनाको पहिलो दुई साताका लागि अपोइन्टमेन्ट बुकिङ खुला गरेको जानकारी दिएको हो । राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेका आवेदकहरूलाई लक्षित गर्दै यो आवेदन खुला गरिएको […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलस्थित नेपाली राजदूतावासले आगामी सोमबार (डिसेम्बर १) सार्वजनिक बिदा दिने घोषणा गरेको छ । राजदूतावासले शुक्रबार (२८ नोभेम्बर) एक सूचना प्रकाशित गर्दै सो जानकारी गराएको हो । बिदाको कारण र मिति दूतावासद्वारा जारी सूचना अनुसार, पोर्चुगलको राष्ट्रिय पर्व ‘Restoration of Independence Day’(स्वतन्त्रता पुनर्स्थापना दिवस) को उपलक्ष्यमा बिदा दिइएको हो । सेवा प्रवाह […]

पोर्चुगल — पोर्चुगलको संसदले आज सन् २०२६ का लागि सरकारले प्रस्तुत गरेको राज्य बजेट (State Budget – OE2026) पारित गरेको छ । लामो बहस र रस्साकस्सीपछि प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको नेतृत्वमा रहेको मध्य-दक्षिणपन्थी सरकारले आफ्नो दोस्रो बजेट पास गराउन सफल भएको हो । बजेट पारित हुने/नहुने विषयमा अन्तिम समयसम्म पनि राजनीतिक वृत्तमा चासोको विषय बनेको थियो […]