Home Login
राजदूतावास

राजदूत पौडेलद्वारा लिस्बन सिटी काउन्सिलका महासचिवसँग शिष्टाचार भेट

लिस्बन (पोर्चुगल) – पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलले लिस्बन सिटी काउन्सिलका उच्च अधिकारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राजदूत पौडेलले मंगलबार (डिसेम्बर ३ तारिख) लिस्बन सिटी काउन्सिलका महासचिव श्री अल्बेर्तो लाप्लेन गिमाराइस (Mr. Alberto Laplaine Guimarães) सँग भेट गर्नुभएको हो ।

भेटका अवसरमा दुई पक्षबीच नेपाल र पोर्चुगल, विशेषगरी लिस्बन सहर र नेपाली राजदूतावासबीचको सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा सौहार्दपूर्ण छलफल भयो ।

भेटमा नेपाली राजदूतावास र लिस्बन सिटी काउन्सिलबीच भविष्यमा कसरी प्रभावकारी रूपमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा विस्तृत कुराकानी भयो । लिस्बनमा बसोबास गर्ने नेपाली समुदायको हित र प्रशासनिक सहजताका लागि स्थानीय सरकार (काउन्सिल) र दूतावासबीच निरन्तर समन्वय आवश्यक रहेको कुरामा दुवै पक्ष सहमत देखिए । यो भेटले आगामी दिनमा स्थानीय निकायसँगको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

उक्त शिष्टाचार भेटमा नेपाली राजदूतावासका तर्फबाट नियोग उपप्रमुख शत्रुध्वन प्रसाद पोखरेलको उपस्थिति थियो । त्यसैगरी, लिस्बन सिटी काउन्सिलका तर्फबाट लिस्बनका मेयरका सल्लाहकार आन्द्रीया डिरेटो (Andreia Direto) पनि सहभागी हुनुहुन्थ्यो ।

पछिल्लो समय पोर्चुगल, र विशेष गरी राजधानी लिस्बन, नेपालीहरूको प्रमुख गन्तव्य बन्दै गइरहेको परिप्रेक्ष्यमा राजदूतावास र सिटी काउन्सिलको यो उच्चस्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Leave a Reply