Home Login
नेपाली राजदूतावास लिस्बन

मदेइरामा ६ र ७ डिसेम्बरमा राहदानी सेवा, लिस्बनस्थित दूतावास तीन दिन बन्द रहने

लिस्बन (पोर्चुगल)  पोर्चुगलस्थित नेपाली राजदूतावासले मदेइरामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न विशेष घुम्ति शिविर सञ्चालन गर्ने भएको छ ।

राजदूतावासले आज (बुधबार) एक सूचना जारी गर्दै आगामी डिसेम्बर ६ र ७ (शनिबार र आइतबार) का दिन मदेरामा शिविर सञ्चालन हुने जानकारी गराएको हो ।

दूतावासका अनुसार, मदेरामा हुने यस शिविरमा राहदानी नविकरण तथा कागजात प्रमाणिकरण लगायतका कन्सुलर सेवाहरू उपलब्ध हुनेछन् ।

उक्त शिविरमा सेवा लिन चाहने सेवाग्राहीहरूका लागि राजदूतावासले अनलाइन अपोइन्टमेन्ट खुला गरेको छ । तर, दूतावासले स्पष्ट पारेको छ कि यी अपोइन्टमेन्टहरू केवल मदेइरा शिविरका लागि मात्र मान्य हुनेछन् । उक्त मितिको अपोइन्टमेन्ट लिएर पछि लिस्बनस्थित राजदूतावासमा आएमा राहदानी नविकरणको सुविधा उपलब्ध नहुने व्यहोरा दूतावासले स्पष्ट पारेको छ ।

लिस्बनस्थित दूतावास तीन दिन बन्द रहने

राजदूतावासले जारी गरेको सूचनामा अर्को महत्वपूर्ण जानकारी पनि गराइएको छ । मदेइरामा शिविर सञ्चालन हुने र सार्वजनिक बिदा समेत परेको हुँदा लिस्बनस्थित राजदूतावास निम्न मितिमा बन्द रहनेछ ।

०६ डिसेम्बर २०२५ (शनिबार)
०७ डिसेम्बर २०२५ (आइतबार)
०८ डिसेम्बर २०२५ (सोमबार)

दूतावासले यी तीन दिन कार्यालय बन्द रहने भएकाले, झुकिएर अपोइन्टमेन्ट नलिन र दूतावास कार्यालयमा नआउन सबैमा अनुरोध गरेको छ ।

दूतावासले मदेरामा रहेका नेपालीहरूलाई यस अवसरको लाभ लिन अनुरोध गर्दै, अनलाइन फारम भर्दा र अपोइन्टमेन्ट लिंदा स्थान र मिति राम्रोसँग यकिन गर्न आग्रह गरेको छ । विशेषगरी राजधानी लिस्बन भन्दा बाहिर टाढा (मदेइरा) मा हुने शिविरका लागि खोलिएको स्लटमा लिस्बनमै सेवा लिन चाहनेहरूले अपोइन्टमेन्ट बुक नगरिदिन समेत दूतावासले सचेत गराएको छ ।

Leave a Reply