Home Login
खेलकुद

दोस्रो बुढासुब्बा कपको उपाधि ‘भिजन स्पोर्ट्स क्लब’ लाई

पोर्चुगल — धरान फुटबल क्लब पोर्चुगलको आयोजनामा आइतबार जुलाई १३ तारिख भएको दोस्रो बुढासुब्बा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सौगत बिष्ट नेतृत्वको क्लब ‘भिजन स्पोर्ट्स क्लब’ ले उचालेको छ ।

आइतबार पोर्चुगलको राजधानी लिस्बनको भिक्टोरिया क्लब डे लिस्बोआमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । उक्त प्रतियोगितामा २० भन्दा बढी टिमहरूको सहभागिता रहेको थियो । फाइनलमा ड्रिफ्ट सिटीलाई २ / १ ले हराउँदै ‘भिजन स्पोर्ट क्लब’ ले उक्त उपाधि जितेको हो ।

त्यस्तै, उपाधि उचालेको सौगत बिष्ट नेतृत्वको क्लब ‘भिजन स्पोर्ट्स क्लब’ ले ५ हजार युरो सहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो भएका ड्रिफ्ट सिटीले २ हजार ५ सय युरो सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

         (प्रतियोगिता जितेपछि लिएको तस्बिर)

लामो पर्खाइपछि, विजन स्पोर्ट्स क्लबले पहिलो पटक बुढासुब्बा फुटबल कपको उपाधि उचालेको हो । ८ वर्षपछि पहिलो उपाधि हात पार्दै, क्लबले आफ्नो फुटबल यात्रामा ऐतिहासिक सफलता हात पारेको हो ।

दोस्रो संस्करणको यस प्रतियोगितामा विजन स्पोर्ट्स क्लबले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्‍यो र अन्तिम खेलमा विपक्षतर्फ रहेको ड्रिफ्ट सिटीलाई पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो ।

क्लबका प्रशिक्षक देखि खेलाडीसम्मको प्रतिबद्धता, मेहनत र टिम स्पिरिटले यो सफलता सम्भव बनाएको हो । समर्थकहरूको उत्साह र साथले टोलीलाई थप ऊर्जा दिएको दिएको समेत देखिएको छ ।

( विजेता सौगत बिष्ट नेतृत्वको क्लब ‘भिजन स्पोर्ट्स क्लब’ का खेलाडी लगायत उपस्थित हुनुहुने दर्शकहरूको साथमा लिएको तस्बिर )

Leave a Reply