Home Login

फ्रान्स — चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार संगीतिक कार्यक्रमका लागि युरोपेली मुलुक फ्रान्स पेरिस आउने भएकी छिन् । नेपाली लोक तथा दोहोरी गीत फ्रान्सको आयोजनामा अगस्ट १७ तारिख फ्रान्सको राजधानी पेरिसमा हुने नेपाली महिलाहरूको महानचाड हरितालिका तीजको अवसरमा ‘तीज धमाका २०२५’ को कार्यक्रमको लागि उनी फ्रान्सको राजधानी पेरिसमा आउने भएका हुन् । चर्चित लोकदोहोरी […]

आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको अध्यक्षमा चेतराज ओली निर्वाचित भएका छन् । मंगलवार भेरो अनलाइन प्रविधिमार्फत भएको निर्वाचनमा ओलीले ६९५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ओम अधिकारीले ६५५ मत ल्याए । यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यमा प्रकाश सापकोटा ७५२ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी शिव थापाले ५९८ मत पाए । […]

मिलान, इटाली — क्रोएसियाली फुटबलका सुपरस्टार तथा बालोन डी’ओर विजेता लुका मोड्रिचले स्पेनी क्लब रियल म्याड्रिडसँगको आफ्नो १३ वर्षे लामो र सफल यात्रालाई टुंग्याउँदै इटालियन सिरी ‘ए’ को प्रतिष्ठित क्लब एसी मिलानसँग अनुबन्धित भएका छन् । एसी मिलानले सोमबार आधिकारिक रूपमा मोड्रिचको अनुबन्धको घोषणा गरेको हो । लामो समयदेखि चल्दै आएको अड्कलबाजीलाई अन्त्य गर्दै ३९ […]

पोर्चुगल — युरोपमा गर्मीको छुट्टी र पर्यटनको सिजन सुरु हुँदै गर्दा पोर्चुगलका विमानस्थलका कामदारहरूले ग्रीष्मकालीन हडतालको घोषणा गरेका छन् । यस निर्णयले पोर्चुगल आउने र यहाँबाट बाहिरिने हजारौं यात्रुहरूको यात्रा योजनामा गम्भीर असर पर्ने देखिएको छ । विमानस्थल सुरक्षा र ग्राउन्ड ह्यान्डलिङ लगायतका विभिन्न क्षेत्रमा कार्यरत कामदारहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले तलब वृद्धि, राम्रो काम गर्ने […]

बिरेन थापा । बुडापेस्ट — युरोपको सुन्दर देश हंगेरीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हंगेरीको दोस्रो महाधिवेशन ऐतिहासिक रूपले बुडापेस्टमा सम्पन्न भएको छ ।महाधिवेशनले आगामी कार्यकाल २०२५–२०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट चयन गरेको छ । महाधिवेशनमा आईसीसी सचिव भीम कमल केसी प्रमुख अतिथि र आईसीसी सदस्य प्रदीप घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो […]

क्वालालम्पुर (मलेसिया) — मलेसियामा नेपाली फुटबल विकासको लागि स्थापित संस्था नेपाली फुटबल संघ मलेसियाले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थालाई अझ बढी चलायमान बनाउन आईतवार राजधानी क्वालालम्पुरमा अवस्थित होटेल ग्रेन्ड कन्टिनेन्टलमा बसेको बैठकले खेलाडी हेमप्रसाद भट्ट ‘सन्तोष’ को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको अध्यक्षमा सन्तोष भट्ट , वरिष्ठ उपाध्यक्षमा भक्त […]

पोर्चुगल — धरान फुटबल क्लब पोर्चुगलको आयोजनामा आइतबार जुलाई १३ तारिख भएको दोस्रो बुढासुब्बा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सौगत बिष्ट नेतृत्वको क्लब ‘भिजन स्पोर्ट्स क्लब’ ले उचालेको छ । आइतबार पोर्चुगलको राजधानी लिस्बनको भिक्टोरिया क्लब डे लिस्बोआमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । उक्त प्रतियोगितामा २० भन्दा बढी टिमहरूको सहभागिता रहेको […]

वाशिङ्गटन / ब्रुसेल्स — अमेरिकी सरकारले युरोपेली संघ (ईयू) बाट आयात हुने सामानमाथि लगाइएको करको दरलाई बढाएर ३० प्रतिशत पुर्‍याउने घोषणा गरेको छ । यो नयाँ कर दर आउँदो अगस्ट १, २०२५ देखि लागू हुनेछ । अमेरिकी राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखिको व्यापार असन्तुलन र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो निर्णय लिइएको […]

भ्यालेटा, माल्टा — युरोपेली देश माल्टाले युरोपियन युनियन बाहिरका (तेस्रो देशका) खेलाडीहरूलाई लक्षित गर्दै १००-दिने ‘खेलकुद भिसा’ को औपचारिक सुरुवात गरेको छ । माल्टाका गृहमन्त्री बायरन क्यामिलेरीले यो नयाँ भिसा प्रणालीको घोषणा गरेका हुन्, जसले विदेशी खेलाडीहरूलाई माल्टाका क्लबहरूमा ट्रायल दिन र प्रशिक्षण गर्न कानुनी रूपमा सहज बनाउनेछ । यो कदमले विशेषगरी नेपालजस्ता देशका प्रतिभावान […]

लिस्बन — एक दशकभन्दा लामो समयदेखि जनसांख्यिकीय संकट (demographic crisis) र घट्दो जनसंख्यासँग जुधिरहेको पोर्चुगलले अन्ततः राहतको सास फेरेको छ । सन् २०२५ सम्म आइपुग्दा, देशको जनसंख्या लगातार तेस्रो वर्ष पनि वृद्धि भएको छ, र यसको सम्पूर्ण श्रेय पोर्चुगलमा बढेको आप्रवासीहरूको आगमनलाई जान्छ । राष्ट्रिय तथ्यांक संस्थान (Instituto Nacional de Estatística – INE) र पोर्डाटा […]