Home Login

पोर्चुगल — पोर्चुगल सन् २०२५ को एकल साहसिक यात्रा ( सोलो एड्भेन्चेर ट्राभल ) गन्तव्यको छैठौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा पोर्चुगल छैठौँ स्थानमा परेको हो । ‘मच बेटर एड्भेन्चर’ को सूचीका लागि पोर्चुगललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा र विविध साहसिक गतिविधिका लागि […]

पोर्चुगल (लिस्बन) — एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सको आयोजनामा चर्चित गायक ‘पूर्ण राई एण्ड द दाजुभाइहरु’ जुलाई ७ तारिख युरोपेली मुलुक पोर्चुगलमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । पोर्चुगलको राजधानी लिस्बन स्थित ‘लिस्बोआ आओ भिभो’ हलमा हुने भएको छ । ‘पूर्ण राई र उनको ब्यान्ड दाजुभाइहरु’ पहिलो पटक […]

स्पेन– संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रो सँग सोमवार द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर […]

स्पेन– संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर […]

सेभिल्ला (स्पेन) — संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आज द्विपक्षीय भेटवार्ता भएको छ। स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै पर्यटन, जलवायु परिवर्तन, लगानी, जनता–जनताबीच सम्पर्कलगायत विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले समकक्षी […]

पोर्चुगल — जुन २९, आइतवार पोर्चुगलले यस महिनाको अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेको छ, जुन दिउँसो ३ बजेर ३० मिनेटमा एभोरा जिल्लाको मोरामा ४६.६ डिग्री सेल्सियस पुगेको थियो । IPMA जलवायु विभागबाट पुष्टि हुन बाँकी रहेको यो प्रारम्भिक पठन, अगस्ट १, २००३ मा बेजाको अमरेलेजामा रेकर्ड गरिएको देशको निरपेक्ष अधिकतम तापक्रम ४७.३ डिग्री सेल्सियसको नजिक […]

मड्रिड (स्पेन) — विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आइपुगेका छन्। प्रधानमन्त्री ओलीलाई यहाँ स्थित अडोल्फो सौरेज बराजाज अन्तरराष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री […]

माल्टा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको भन्दै युरोपेली मुलुक माल्टामा समेत हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । प्रवास नेपाल सम्पर्क विभाग माल्टा र माल्टामा रहेका रवि लामिछानेका समर्थकहरूको अगुवाइमा राजनितिक प्रतिशोध बिरुद्द जनताको हस्ताक्षर अभियान गर्ने भएका हुन् । उक्त हस्ताक्षर अभियान जुन २९ आइतबार, माल्टाको बुजिब्बा स्थित सालिनी […]

अमेरिका — अमेरिकी सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाले अमेरिकी राष्ट्रपतिहरुको अधिकार क्षेत्रलाई बलियो बनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र भविष्यका अमेरिकी राष्ट्रपतिहरूलाई यो फैसलाले महत्वपूर्ण जित दिलाएको अमेरिकी सन्चार माध्यमहरुले बताएका छन । अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले गरेका सयौ कार्यकारी आदेशविरुद्ध संघीय अदालतहरुले रोक लगाएपछि सर्वोच्च अदालतले कार्यकारी राष्ट्रपतिका अधिकारहरुलाई साँघुरो बनाउने गरी अदालतहरूको […]

पोर्चुगल — उत्तरी युरोपमा तुलनात्मक रुपमा चिसो समर भइरहेको बेला दक्षिणी युरोपका देशहरूले यस वर्षको पहिलो र अत्यन्त खतरनाक गर्मीको लहरको सामना गरिरहेका छन् । विशेषगरी स्पेन, पोर्चुगल, इटाली र फ्रान्सका क्षेत्रहरूमा असामान्य रुपमा उच्च तापक्रम मापन भइरहेको छ । इटालीको राजधानी रोममा शनिबार तापक्रम ३८ डिग्री सेल्सियस सम्म पुगेको थियो । यस्तै पोर्चुगलको दुई-तिहाई […]