Home Login

लिस्बन (पोर्चुगल) — शनिबारको अपराह्न जब लिस्बन विमानस्थलमा १५ जना युक्रेनी आमा र १८ जना बालबालिकाहरूको समूह अवतरण भयो, त्यहाँको वातावरणमा एक किसिमको मिश्रित भाव थियो । लामो युद्धको थकान र नयाँ ठाउँको राहत उनीहरूको अनुहारमा स्पष्ट देखिन्थ्यो । रुससँगको जारी युद्धमा आफ्ना पति, बुबा वा आफन्त गुमाएका वा बेपत्ता भएका यी परिवारहरू तीन साताका […]

स्पेन — ‘ब्ल्याक एक्स’ भनेर चिनिने अन्तर्राष्ट्रिय अपराधिक गिरोहका ३४ जना पक्राउ परेका छन् । स्पेनको राष्ट्रिय प्रहरीले युरोपोल र जर्मनीको बाभेरियन राज्य प्रहरीसँग चलाएको देशव्यापी अभियानमा गिरोहमा संलग्न भएकाहरु समातिएका हुन् । सेभिलमा २८ जना, म्याड्रिडमा ३ जना, मालागामा २ जना र बार्सिलोनामा १ जना पक्राउ परेका हुन् । व्ल्याक एक्सको उत्पत्ति नाइजेरियामा भएको […]

स्पेन — स्पेनको भ्यालेन्सीयाको अल्जिरामा कामबाट फर्किने क्रममा नेपाली सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि १३ जना नेपाली, २ जना पाकिस्तानी घाइते बनेका छन् । घाइतेमध्ये १ जनाको हात र ढाडमा गम्भीर चोट लागेको छ । अन्य ४ जना मध्यम तथा अरु सामान्य घाइते भएका छन् । टस अल्बेरीकमा बस्दै आएका नेपालीहरुलाई पाकिस्तानीले […]

पोर्चुगल (लिस्बन) —  पोर्चुगलको खाद्य तथा आर्थिक सुरक्षा प्राधिकरण (ASAE) ले हालै गरेको एक व्यापक बजार अनुगमन तथा निरीक्षणका क्रममा ‘क्यानाबिस स्याटिभा’ मिसिएका ठूलो परिमाणका खाद्य उत्पादनहरू नियन्त्रणमा लिएको छ । जनस्वास्थ्य र उपभोक्ता सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्ने भन्दै प्राधिकरणले ३ हजा ५ सय भन्दा बढी त्यस्ता वस्तुहरू जफत गर्नुका साथै नियम उल्लंघन गर्ने […]

लिस्बन — पोर्चुगलमा रहेका नेपाली समुदायको सुविधालाई ध्यानमा राख्दै, नेपाली राजदूतावास लिस्बनले देशको उत्तरी सहर पोर्टोमा विशेष कन्सुलर घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनभन्दा टाढा रहेका सेवाग्राहीहरूलाई सहज रूपमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणको सेवा प्रदान गर्ने उद्देश्यले आगामी जनवरी २४ र २५ तारिख (सन् २०२६) मा यो शिविर आयोजना गर्न लागिएको […]

लिस्बन — पोर्चुगलको राजधानी लिस्बनमा लामो समयदेखि नेपाली स्वाद र परिकारका लागि चर्चित ‘गोल्डेन गेट’ नेपाली रेस्टुरेन्टले आफ्नो व्यावसायिक दायरा फराकिलो बनाएको छ । नेपाली समुदायमाझ लोकप्रिय रहेको यो रेस्टुरेन्टले अब पोर्चुगिज परिकारमा केन्द्रित हुँदै आफ्नो नयाँ शाखाको रूपमा ‘चुरास्केइरा साभोर लिस्बोआ रेस्टुरेन्ट’ (Churrasqueira sabor Lisboa) सञ्चालनमा ल्याएको हो । सञ्चालक प्रेम खड्काका अनुसार, यो […]

लिस्बन — लिस्बन सिटी काउन्सिलले सहरवासीहरूको शान्ति र आरामलाई प्राथमिकता दिँदै सार्वजनिक स्थान र सडकमा मदिरा बिक्री तथा सेवनलाई नियन्त्रण गर्ने नयाँ नियम ल्याउने अन्तिम तयारी गरेको छ । पोर्चुगलको राजधानी लिस्बनमा बढ्दो रात्रिकालीन शोर र होहल्लालाई कम गर्ने उद्देश्यले, नगरपालिकाले सडकमा मदिरा सेवन र बिक्रीमा कडाइ गर्ने प्रस्ताव अघि सारेको हो । करिब दुई […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलले पोर्चुगलको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग महत्त्वपूर्ण शिष्टाचार भेटवार्ता गर्नुभएको छ । दुई देशबीचको कूटनीतिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजित यो भेटघाट डिसेम्बर ०७, २०२६ का दिन लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको हो । राजदूत पौडेलले पोर्चुगलको परराष्ट्र मन्त्रालयअन्तर्गत एसिया तथा ओसियाना विभाग (Asia and Oceania […]

लिस्बन (पोर्चुगल) —  पोर्चुगलमा रहेका नेपाली समुदायलाई प्रदान गरिने कन्सुलर सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले नेपाली राजदूतावासले सक्रिय पहल कद्मी अघि बढाएको छ । यसै सन्दर्भमा, राजदूतावासका नियोग उपप्रमुख तथा मिनिष्टर काउन्सेलर श्री शत्रुध्वन पोखरेलले पोर्चुगलको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग महत्त्वपूर्ण शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गत जनवरी ०७, २०२६ का दिन […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलस्थित नेपाली राजदूतावासले राहदानीका लागि आवेदन दिएका सेवाग्राहीहरूका लागि एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । दूतावासले हालसालै तयार भएर आएका राहदानीहरूको नयाँ सूची (Lot 7) सार्वजनिक गर्दै सम्बन्धित आवेदकहरूलाई आफ्नो राहदानी बुझिलिन अनुरोध गरेको हो । मिति ०८ जनवरी २०२६ मा जारी गरिएको यो सूचनाअनुसार, आवेदन दिएका धेरै नेपालीहरूको राहदानी वितरणका […]