Home Login

काठमाडौँ — अफ्रिकी क्षेत्रबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ९ देशको टुंगो लागेको छ । गएराती सम्पन्न खेलमा सेनेगल, दक्षिण अफ्रीका र आइभरी कोष्ट विश्वकपमा छनौट भएसँगै अफ्रिकी क्षेत्रको छनौट पुरा भएको हो । जसमा यी तीन देश बाहेक मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना र केप भर्डे रहेका छन् । केप भर्डे पहिलो पटक विश्वकपमा […]

पोर्चुगल — अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आफ्नो कीर्तिमानी यात्रामा कायमै छन् । हालै हंगेरीविरुद्धको विश्वकप छनोट खेलमा दुई गोल गर्दै उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १४३ पुर्याएका छन् । यससँगै, फुटबल जगतका दुई महान् खेलाडी, रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेस्सीबीचको प्रतिस्पर्धा थप रोचक बनेको छ । मेस्सी ११४ गोलसहित दोस्रो […]

पोर्चुगल — क्रिस्टियानो रोनाल्डोले अर्को नयाँ किर्तिमान बनाएका छन् । रोनाल्डो विश्वकप छनौटका खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले गएराती सम्पन्न हंगेरीविरुद्धको खेलमा दुई गोल गरेसँगै यस्तो किर्तिमान बनाएका हुन् । रोनाल्डोले अहिलेसम्म विश्वकप छनौटमा कुल ४१ गोल गरेका छन् । रोनाल्डो ५१ खेलमा ४१ गोल गर्दै यो नयाँ किर्तिमान कायम […]

पोल्याण्ड — हालै ‘द सन्डे टाइम्स’ र ‘टिभीपी वर्ल्ड’मा प्रकाशित रिपोर्ट अनुसार पोल्याण्डले विगत केही दशकमा उल्लेखनीय आर्थिक प्रगति गरेको छ । १९९० दशकमा बेलायतको तुलनामा निकै कमजोर अर्थतन्त्र रहेको पोल्याण्ड अहिले तीव्र गतिमा अगाडि बढ्दै, आर्थिक रुपमा बेलायतसँगको दूरी छोट्याउँदै गएको छ । १९९५ मा पोल्याण्डको प्रति व्यक्ति जीडीपी बेलायतको केवल करिब ३६ प्रतिशत […]

कार्डिफ (वेल्स) – एनआरएनए यूके राज्य समन्वय परिषद् वेल्सको संयोजन तथा एनआरएनए यूकेको सहकार्यमा नेपाली राजदूतावास लन्डनबाट वेल्सको राजधानी कार्डिफस्थित वाईएमसीए प्लस भवनमा राहदानी सेवासहितको कन्सुलर शिविर सम्पन्न भएको छ । बिहान ११ देखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेखनीय सहभागिता देखियो । कार्यक्रमको प्रारम्भमा एनआरएनए यूके राज्य समन्वय परिषद् […]

लन्डन — गएको झन्डै दुइ दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाको लागि चिनिएको ‘होलि काउ’ ग्रुपद्वारा संचालित फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड  जितेको छ । आइतबार बेलुका रेडिंगमा आयोजित इंगल्यांड्स बिजनेस अवार्ड्स २०२५ मा उक्त पुरस्कारको घोषणा गरिएको थियो। मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायतको आधारमा पुरष्कृत […]

आयरल्याण्ड — नेपाली राजदूतावास लण्डनले आयरल्याण्डमा घुम्ती कन्सुलर शिविर आयोजना गर्ने भएको छ । दूतावासका अनुसार शिविर आगामी २ नोभेम्बर आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म पार्नेल स्क्वाएर वेष्ट, रोटुण्डा, डब्लिनमा सञ्चालन हुनेछ। उक्त शिविरमा राहदानी नवीकरणसहित विभिन्न कन्सुलर सेवा प्रदान गरिने दूतावासले जनाएको छ । राहदानी नवीकरणका लागि आवेदन दिने नेपाली नागरिकहरूले दूतावासको […]

पोर्चुगल — गत १२ अक्टोबरमा सम्पन्न पोर्चुगलको स्थानीय चुनावमा देशको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तनका सङ्केतहरू देखिएका छन् । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (PSD) ले सबैभन्दा धेरै नगरपालिकाहरूमा जित हासिल गर्दै पहिलो स्थानमा रहेको छ, तर समाजवादी पार्टी (PS) ले कडा टक्कर दिँदै दोस्रो स्थान सुरक्षित गरेको छ । अति-दक्षिणपन्थी पार्टी सेगाले आश गरेजति मेयर पद […]

पोर्चुगल — ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान (एनआरएनए) २२ वर्ष पूरा भएको अवसरमा राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलले स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । पोर्चुगलको लिस्बनमा आयोजित सो कार्यक्रममा शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया सत्रसमेत सम्पन्न भएको थियो । कार्यक्रममा परिषद्का अध्यक्ष बमबहादुर जीसीले अध्यक्षता […]

पोर्चुगल — पोर्चुगलमा आज, अक्टोबर १२, आइतबार, देशव्यापी रूपमा स्थानीय तहको चुनावका लागि मतदान भइरहेको छ । यो चुनावमार्फत देशका ३०८ नगरपालिकाहरू  र ३ हजार २ सय ५९ वडाहरू मा आगामी चार वर्षका लागि नयाँ जनप्रतिनिधिहरू निर्वाचित हुनेछन् । बिहान ८ बजेदेखि नै मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति देखिन थालेको छ र साँझ ७ बजेसम्म मतदान […]