Home Login

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आज (शुक्रबार) देखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ […]

पोर्चुगल — वैदेशिक रोजगारीको क्रममा युरोपेली मुलुक पोर्चुगल पुगेका एक नेपाली करिब छ महिनादेखि सम्पर्क विहीन भएका छन् ।  कैलालीको धनगढी स्थायी ठेगाना भएका सुरेश कुमार ओझा छ महिनादेखि पोर्चुगलमा बेपत्ता भएका हुन् । पोर्चुगलको लिस्बनबाट हराएका ओझालाई पोर्चुगलमा रहेको सुदूरपश्चिम नेपाली समाज पोर्चुगलको पहलमा होस्टेलमा राखिएको थियो र होस्टेलमा राखेको केही समयपछि नै ओझा […]

धादिङ —  ऐतिहासिक गंगाजमुना मेला २०८१ आगामी कात्तिक २६ गते हुने भएको छ ।  ‘कृषि,पर्यटन,पूर्वाधार,समृद्ध गंगाजमुना मूला आधार’ भन्ने मुल नाराको साथ धादिङ जिल्लाकै ठूलो गंगाजमुना माईमेला २०८१ आगामी २६ गते हुन लागेको हो । धादिङका उत्तरी क्षेत्र फूलखर्कमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ ।मेलामा पालिकाले हरेक वर्ष साङ्गितिक कार्यक्रम आयोजना […]

आज प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । “मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको […]

(पोर्चुगल लगायत अरु देशहरूमा बसोबास गर्ने  नेपालीहरूको लागि तिहारको भाइटीकाको उत्तम साइत) युरोप — नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहारको भोलि भाइटिका युरोपेली मुलुक पोर्चुगल लगायत अरु देशहरूमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको तिहार अन्तर्गत भाइटीकाको दिन टीकाको उत्तम तल देखाएको निम्नअनुसार रहेको छ। स्थान र देश, मिति, टीकाको […]

काठमाडौं —  नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले नेपालीहरूको दोस्रो महान चाड तिहारको अवसर पारेर ‘लक्ष्मी थिम’मा आकर्षक फोटो सुट गरेको छ । विभिन्न चाडपर्वहरूको थिममा फोटो सुट र अन्य कार्यक्रमहरू गर्दै नेपालको मौलिक कला र संस्कृति संरक्षणमा अग्रसर रहँदै आएको फेसियल हाउसले यो वर्ष पनि ‘लक्ष्मी थिम’मा फोटो सुट गरेको हो । नेपालको […]

अक्टोबर ३० बुधबार —  साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औं मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गर्नुभयो। बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। […]

(साफ महिला च्याम्पियनसिप फाइनल : दोस्रो हाफ चलिरहँदा नेपालले फर्कायो बराबरी गोल) काठमाडौँ — साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा दोस्रो हाफमा नेपालले बंगलादेशलाई गोल फर्काएको छ। यसअघि खेलको ५३ औं मिनेटमा बंगलादेशले गोल नेपाललाई एक गोल गरेको थियो।

अक्टोबर २८ ,सोमबार —  अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गतको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द गरेको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै एन्फाले दशरथ रंगशाला त्रिपुरेश्वरमा हुन गइरहेको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी […]

युरोप — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै […]