Home Login

युरोप। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबार युरोप आउँने भएकी छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दे उनी अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा आउँन लागेको जनाएको छ । मन्त्रालयका अनुसार मन्त्री राणाले सुरुमा नेदरल्याण्ड र त्यसपछि जर्मनीको भ्रमण गर्नेछिन् । डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’ सम्बन्धी […]

काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलवको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा रामेछापको लिखु तामाकोशी गाउँपालिका-३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलाली टिकापुर नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने २६ वर्षीय कमल रावल रहेका छन्।  […]

युरोप, ०६ डिसेम्बर । यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको चुनावमा प्रेस युनियन र प्रेस चौतारीबीच भागबण्डा गर्ने सहमति भएको छ । भागबण्डाअनुसार महासंघको चुनावमा दुवै संगठनले मिलेर उम्मेदवारी दिने निर्णय गरेका हुन् । महासंघको अध्यक्षमा प्रेस चौतारीले उम्मेदवारी दिने र प्रेस युनियनले सहयोग गर्ने सहमति भएको छ । सहमतिअनुसार चौतारीले अध्यक्ष, […]

डिसेम्बर ०६ युरोप । गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका सातजना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। उनीहरू गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका थिए। निष्कासित हुनेहरूमा जनार्दन रिजाल, चन्द्र अग्री, रुकसिंह बिसी, कमल बिक, सञ्जय भण्डारी,  अमित बिसी र अमृत पौडेल रहेका छन्। उनीहरूलाई अमेरिकाले विमान चार्टर गरेर काठमाडौं सम्म ल्याएको हो। उनीहरू कहिले पक्राउ परे भन्ने केही […]

डिसेम्बर ५ बिहीवार । रासस साउदी अरब सरकारले दुई महिनाका निम्ति ‘हुरुब’ हटाएको छ । साउदी सरकारको यो निर्णयसँगै त्याहा अवैध रूपमा रहेका नेपाली लगायत आप्रवासी कामदारलाई वैध हुने बाटो खुलेको छ। साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले एक सूचना प्रकाशित गरी दुई महिनाका निम्ति हुरुब हटाइएको जनाएको छ । साउदीले सन् २०२४ डिसेम्बर […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज (मंगलबार) बिहान उपचारार्थ भर्ना गरिएको हो ।

काठमाडौं : नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चीनका राष्ट्रपति सि चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरेका हुन्।  मंगलबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राष्ट्रपति सिले ९ अर्ब अनुदान दिने घोषणा गरेको बताएका […]

जसमान दर्नाल जिवन । जर्मनी — दशै सम्मुखमा आएको बिपत्ति पुर्ण प्राकृतिक प्रकोप बाडी पीडित बस्तीलाई जर्मनी निवासी सागर पोखरेलले खाने पानी पुननिर्माण गर्न ६२ हजार बराबरको पाइप सहयोग गरेका छन। सिन्धुली स्थिति शुनकोशी गाउँपालिकामा बाडीको क्षती पछि खानेपानीको समस्या भएको र गाउँपालिका अध्यक्ष दिपा बोहोराले सहयोगको आग्रह गरेपछि आफुले पिडित बस्तिलाइ सहयोग गरेको पोखरेलले […]

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएका छन् । गत मङ्सिर १२ गते, बुधबार, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजनमार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो । प्रत्यक्ष प्रसारण मार्फत डिजिटल गोलाप्रथाको मध्यमबाट […]

नेपाल प्रिमियर लिग(एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले वीजयी सुरुवात गरेको छ। जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो। हर्ष थाकर र लाहिरु मिलान्थालको शतकीय साझेदारीमा जनकपुरले सहज जित हात पारेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेको जनकपुरले १२८ रनको मध्यम लक्ष्य पाएको थियो। विराटनगरले दिएको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको […]