प्रवास

साउदी अरबले एक हप्तामै २१ हजार बढी आप्रवासी कामदार पक्राउ

साउदी अरब — साउदी अरबले एक हप्तामै २१ हजार बढी आप्रवासी कामदार पक्राउ गरेको छ। साउदीको गृह मन्त्रालयले जनवरी ३० देखि फेब्रुअरी ५ सम्मको अवधिमा २१ हजार ४ सय ७७ आप्रवासी कामदार पक्राउ गरेको  जनाएको हो ।

आवास सीमा सुरक्षा तथा श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा उनीहरूलाई गिरफ्तार गरिएको हो। जसमध्ये १३ हजार ६ सय ३८ माथि आवश्यक कानुन उल्लंघनको आरोप लागेको छ ।

यस्तै सीमा सुरक्षा उल्लङ्घन गरेको भन्दै ४ हजार ६ सय ६३ र श्रम कानुन पालना नगरेको अभियोगमा ३ हजारौं १ सय ७६ जना गिरफ्तारीमा परेका छन् ।

गैरकानुनी रूपमा साउदी प्रवेश गर्न खोज्ने १ हजार ३ सय १६ र साउदीबाट भाग्न खोज्ने क्रममा ७७ जनालाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्ने मध्ये ८ हजार ७ सय ३३ लाई देश निकाला गरिएको छ भने अन्यको हकमा अनुसन्धान जारी रहेको मन्त्रालयले उल्लेख गरेको छ।

साउदीमा ४ लाख भन्दा बढी नेपाली कार्यरत छन्। तर यसरी पक्राउ र देश निकालामा पर्नेमा नेपालीहरु परेको वा नपरेको भन्ने यकिन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *