Home Login
प्रवास

अस्ट्रेलियाली विद्यार्थी भर्ना सङ्ख्यामा कोटा निर्धारण

अस्ट्रेलिया — हाल अस्ट्रेलियाली विद्यार्थी भर्ना सङ्ख्यामा कोटा निर्धारण तोकेको छ। त्यससँगै अस्ट्रेलियाले स्थायी आवास अनुमतिपत्र पीआरको कोटा केही मात्रामा घटाएको छ।

यस्तो अवस्थामा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको भिसा लिन झन् असहज बन्दै गएको छ भने पिआरका लागि समेत असहज बन्न सक्छ।

अस्ट्रेलियाको पिआर अस्वीकृत हुनबाट कसरी जोगिने ?

पिआर अस्वीकृत हुने मुख्य कारणहरु :  कुनै व्यक्ति स्पोन्सरसिप भिसामा छ भने रोजगारदाताको मापदण्ड नपुगेर पिआर अस्वीकृत हुन सक्छ, दक्ष कामदार भिसामा माइग्रेसन एजेन्टको सहयोग नलि आफै आवेदन गर्दा समेत समस्या हुन सक्छ, यस्तै नक्कली डकुमेन्ट बुझाएमा पिआर अस्वीकृत हुने गर्छ, नक्कली डकुमेन्ट बुझाएर पिआर लिएको फेला पर्यो भने धेरै समयपछि भएपनि पिआर रद्द हुन सक्छ ।

यसैगरी कोही व्यक्ति गम्भीर स्वास्थ्य समस्या वा गम्भीर अपराधमा संलग्न रहेको जानकारी भएको अवस्थामा पनि आवेदन अस्वीकृत हुन सक्छ । तर पिआरको आवेदन अस्वीकृत भएको अवस्थामा २८ दिनभित्र पुनरावेदन गर्न सकिन्छ।

अस्ट्रेलियाको पिआर अस्वीकृत हुनबाट जोगाउने ६  उपायहरु :

१.  भ्रामक सूचनाको पहिचान

कतिपयले अस्ट्रेलियाको पिआर लिन सहज बनाउने भन्दै ठगी गर्ने गरेका छन्। दक्ष व्यक्तिले नेपालबाट पनि पिआर पेश गर्न मिल्छ तर कतिपय विज्ञापनले १८ देखि ४५ वर्षसम्म सामान्य लेखपढ गर्न जान्नेका लागि महिनाको ५ लाख रुपैयाँसम्म तलब भनेर विज्ञापन गरेका हुन्छन्।  त्यस्तो भ्रामक विज्ञापनको पछि नलागि पिआरको प्रक्रिया आफै सुरु गर्नुपर्छ ।

२. विषय छनोट

पिआर प्रक्रियामा जाने सोच बनाएका विद्यार्थीले आफू अध्ययन गर्न चाहेको विषय पीआर पाउने सूचीमा छ कि छैन भन्ने ख्याल गर्नुपर्छ। आफ्नो छनोटको विषय पीआर पाउने सूचीमा नभए अर्को उपाय अपनाउनुपर्छ।

३. अध्ययन विषय र काममा एकरुपता

विद्यार्थीले आफूले पढेको विषय अनुसारको काम र इन्टर्न गर्नुपर्छ। आइटीको विद्यार्थीले सकेसम्म आइटीमै इन्टर्न गर्नुपर्छ। यसरी इन्टर्न गर्दा त्यही कम्पनीले स्पोन्सर गर्न सक्छ , गरेन भने पनि आफ्नो क्षमताले अर्को कम्पनीमा काम पाउन सकिन्छ ।

४. ग्रेड वृद्धिमा ध्यान दिने

अस्ट्रेलियाको पिआर पाउन विद्यार्थीको ग्रेडले प्रमुख भूमिका निर्वाह गर्छ। त्यसैले पढाइमा उत्कृष्ट ग्रेड प्राप्त गरेको हुनुपर्छ। त्यसो हुँदा रोजगारीको राम्रो अवसरहरु पनि प्राप्त हुन्छन्।

५. भाषा दक्षता

पिआरका लागि प्रक्रियामा जाने विद्यार्थीको अङ्ग्रेजी भाषामा दक्ष भएको हुनुपर्छ। रोजगारदाताले अङ्ग्रेजी बोल्ने दक्ष व्यक्तिलाई प्राथमिकता दिन्छन्। अङ्ग्रेजी राम्रो भए रोजगारीका नयाँ अवसरहरू पनि छिट्टै प्राप्त हुन्छन्।

६. गाउँ केन्द्रित बसाई

अस्ट्रेलियाली सरकारले सिडनी, मेलबर्न, ब्रिस्बेन जस्ता सहरमा भन्दा दुर्गम क्षेत्रमा जानेलाई प्राथमिकतामा राखेको हुन्छ। ठूला सहरहरूको साटो सानो सरहरूलाई रोज्दा पिआर प्रक्रिया चाँडो हुनसक्छ।

Leave a Reply