Home Login

लन्डन । बेलायत सरकारले अप्रिल १ तारिखदेखि लागू हुने गरी कामदारहरुको न्यूनतम ज्याला (नेशनल मिनिमम वेजेज) वृद्धि गरेको छ । ६ दशमलव ७ प्रतिशत वृद्धिसंगै यसअघि ११ दशमलव ४४ पाउण्ड प्रतिघण्टा रहेको न्यूनतम ज्याला अब प्रतिघण्टा १२ पाउन्ड २१ पेन्स पुगेको छ । उक्त वृद्धिसंगै फुलटाइम काम गर्ने एकजना कामदारले वार्षिक १ हजार ४ सय […]

चितवन । चितवन जिल्ला अदालतमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीविरुद्ध जालसाजीको कसूरमा फौजदारी मुद्दा दायर भएको छ। भरतपुर महानगरपालिका–१० मा रहेको सासु विष्णु माया पौडेलको नाममा रहेको जग्गाको हक हस्तान्तरणका क्रममा अन्य अंशियारको हक मेट्ने गरी लिखत साक्षी बसेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको खुल्न आएको हो। चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत […]

अमेरिकी — अमेरिकी विदेशमन्त्रि मार्को रुबियोले अमेरिकी नीति विपरित राजनीतिक दृष्टिकोण व्यक्त गर्ने आन्दोलनमा सहभागी हुने ३०० भन्दा बढी आप्रवासी विधार्थीको भिसा रद्द गरेको जानकारी दिएका छन । रुबियोले भने कि रद्द गरिएका भिसाहरु विद्यार्थीहरूको मात्रै नभएर भिजिटिड भिसा भएकाहरुको रद्द गरिएका छन् । उनिहरुको भिषा आपराधिक गतिविधि र अमेरिकी नीति विपरित गतिविध गरेको कारण […]

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्याण्ड गएका छन् । बिमस्टेक सम्मेलनसँगै पहिलो पटक प्रधानमन्त्री स्तरीय भ्रमण समेत थाइल्याण्डमा हुने भएको छ। कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्री पहिलो पटक औपचारिक भ्रमण हुँदै छ । २० गतेबाट औपचारिक भ्रमण […]

काठमाडौँ — सरकारले डिजेलको भाउ २ रुपैयाँले घटाउने भएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकबाट डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । यस्तै डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ […]

(‘डिम्यान’सँग प्रधानमन्त्री केपी शर्मा ओलीले भनेः डिजिटल मिडिया जिम्मेवार बनुन् , सरकार नियन्त्रण गर्ने मुडमा छैन) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल मिडियाले समाजमा सकारात्मक सन्देश दिनु पर्ने बताएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) सँग प्रधानमन्त्री ओलीले नागरिकका पहुँचमा भएका नयाँ मिडियाहरुमा नकारात्मक सन्देश प्रभाव हुनु दुखद […]

लन्डन । हिथ्रो विमानस्थल शनिवार देखि पूर्ण रुपमा सञ्चालनमा आएको विमानस्थल प्रशासनले बताएको छ । विमानस्थलको सेवा बन्द भई यात्रामा समस्या उत्पन्न भएको एक दिनपछि शनिबार हिथ्रो विमानस्थल ‘पूर्ण रुपमा सञ्चालनमा’ आएको विमानस्थलका एक प्रवक्ताले बताउनुभयो । विमानस्थलको विद्युत् सबस्टेसनमा आगलागी हुँदा शुक्रबार अधिकांश समय लण्डन विमानस्थल बन्द भएको थियो भने साँझपछि आंशिकरूपमा उडान सेवा […]

बेलायत — गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घले बेलायत आइपुग्नुभएको छ । अस्ट्रेलिया निवासी धनाढ्य घले शनिबार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिनु भएको हो । उहाँलाई एनआरएनए यूकेका संरक्षक, निर्वाचन समिति, पदाधिकारी, तमुधीं यूकेलगायतले विमानस्थलमा स्वागत गरेका थिए । युरोप भ्रमणमा रहेका व्यवसायी घले आइतबार हुने एनआरएनए यूकेको […]

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन्। प्रहरीका अनुसार  सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएको भन्ने पीडितहरूको […]

बिहीबार घरेलु मैदानमा बहराइनलाई २-० ले हराएसँगै जापान २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। एसियामा छनोट तेस्रो चरणमा तीन खेल बाँकी रहँदा जापानले विश्वकपमा स्थान पक्का गरेको हो। क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकको रुपमा विश्वकपमा स्थान पक्का गरिसकेका थिए। छनोट पार गरेर जापानले विश्वकप २०२६ मा स्थान पक्का गरेको हो। […]