

अमेरिकी — अमेरिकी विदेशमन्त्रि मार्को रुबियोले अमेरिकी नीति विपरित राजनीतिक दृष्टिकोण व्यक्त गर्ने आन्दोलनमा सहभागी हुने ३०० भन्दा बढी आप्रवासी विधार्थीको भिसा रद्द गरेको जानकारी दिएका छन ।
रुबियोले भने कि रद्द गरिएका भिसाहरु विद्यार्थीहरूको मात्रै नभएर भिजिटिड भिसा भएकाहरुको रद्द गरिएका छन् । उनिहरुको भिषा आपराधिक गतिविधि र अमेरिकी नीति विपरित गतिविध गरेको कारण रद्द गरिएका छन् ।
विदेशमन्त्रि रुबिया दिएको जानकारी अनुसार टफ्ट्स विश्वविद्यालयकी विद्यार्थी रमेसा ओजटर्कलाई हमासको सहयोगी भएको आधारमा गिरफ्तार गरिएको थियो र उहाँको क्रियाकलाप विश्वविद्यालयसँग इजरायलको सम्बन्ध तोड्नको लागि लेखेको एक आर्टिकलका कारण थियो । यस्ता विधार्थी धरपकडका घटनाले अमेरिकामा विद्यार्थी भिसा भएका व्यक्तिहरूका लागि कस्तो प्रकारको अभिव्यक्ति स्वतन्त्रता अधिकार रहेको भन्ने सवाल उठाएको छ ।
रुबियोले संकेत गरे कि अमेरिकी विद्यार्थी भिसामा रहेका आप्रवासीहरूका लागि सीमित अभिव्यक्ति स्वतन्त्रता अधिकारहरू रहेका छन् जुन अमेरिकी नीति विपरित हुनु हुँदैन । पछिल्ला दिनहरुमा सयौ विधार्थीहरुलाई भिषाको समय थप नभएका कारण पर्किनु परेको बताइएको छ ।
विगतमा आन्दोलनमा सहभागी भएको समाजिक सन्जाल जाँच गर्दै पक्राउ तथा डिर्पोट गरिएको बताइएको छ । कति विधार्थीको भिषाको अविधि थपिएको छैन त्यो भने कुनै रकर्डमा उल्लेख छैन ।