Home Login

लिस्बन (पोर्चुगल)  — नेपाली महिलाहरूको हकहित संरक्षण, सामाजिक एकता र सशक्तीकरणको मूल उद्देश्य बोकेर पोर्चुगलमा सक्रिय सामाजिक संस्था ‘नेप्लिज वोमन एसोशियसन पोर्चुगल’ को पाँचौं अधिवेशन आइतबार लिस्बनमा भव्यताका साथ सम्पन्न भएको छ । प्रवासमा रहेका नेपाली महिलाहरूलाई एकताबद्ध बनाउँदै आएको यस संस्थाले अधिवेशन मार्फत आगामी कार्यकालका लागि नयाँ र जुझारु नेतृत्व समेत सर्वसम्मत रूपमा चयन […]

पोर्चुगल (लिस्बन) — नेपाली महिलाहरूको हकहित र सशक्तीकरणका लागि पोर्चुगलमा सक्रिय संस्था ‘नेप्लिज वोमन एसोशियसन पोर्चुगल’ को पाँचौं अधिवेशन आगामी फेब्रुअरी १ तारिख, आइतबारका दिन आयोजना हुने भएको छ । यसअघि जनवरी ४ का लागि तय गरिएको यो अधिवेशन विविध प्राविधिक कारणवश स्थगित हुन पुगेको थियो । संस्थाले लामो प्रतीक्षापछि नयाँ मिति तय गर्दै आफ्ना […]

लिस्बन (पोर्चुगल) — “तामाङ जातिको भाषा, धर्म र संस्कृतिको संरक्षण गरौँ” भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार (सर्प वर्ष) आइतबार लिस्बनमा भव्य रूपमा मनाइएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पोर्चुगलभर छरिएर रहेका नेपालीहरूको बाक्लो […]

लिस्बन (पोर्चुगल) — तामाङ समुदायको महान् तथा ऐतिहासिक सांस्कृतिक पर्व सोनाम ल्होछारको पावन अवसरमा पोर्चुगलको राजधानी लिस्बन, नेपाली मौलिक कला र संस्कृतिको रङ्गीन उत्सवमा झुम्न तयार भएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा हुन गइरहेको ऐतिहासिक एवं बृहत सांस्कृतिक कार्यक्रमको तयारी अब अन्तिम चरणमा पुगेको छ । प्रवासको व्यस्त जीवनका बाबजुद पनि आफ्नो […]

साइप्रस — ‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै साइप्रसमा स्थापनाकालदेखि नै सक्रिय रहेको संस्था ‘नेपाल तामाङ घेदुङ साइप्रस’ ले तामाङ समुदायको ऐतिहासिक एवं मौलिक पर्व सोनाम ल्होछार यस वर्ष भव्यताका साथ मनाउने भएको छ । प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले संस्थाले यही […]

सुमन अधिकारी । मदेइरा (पोर्चुगल) — तामाङ समुदायको मौलिक पहिचान, भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पोर्चुगलको पर्यटकीय टापु मदेइरामा ‘मञ्जुश्री संवत् २८६२, ता ल्हो (घोडा वर्ग)’ को उपलक्ष्यमा सोनाम ल्होछार विशेष वृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रवासमा रहेर पनि आफ्नो परम्परा र पुर्खाको गौरवलाई जीवन्त राख्न मदेइरामा रहेका […]

म्याड्रिड (स्पेन) — तामाङ समुदायको मौलिक पर्व, पहिचान, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको मञ्जुश्री संवत् २८६२, ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार विशेष वृहत् सांस्कृतिक कार्यक्रम स्पेनमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । नेपाल तामाङ एकता समाज स्पेन को आयोजनामा सम्पन्न उक्त कार्यक्रम समाजका अध्यक्ष पान बहादुर […]

पाफोस (साइप्रस) — रोजगारी तथा उच्च शिक्षा अध्ययनको सिलसिलामा साइप्रसका विभिन्न सहरहरूमा छरिएर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै प्रवासमा पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने पवित्र उद्देश्यका साथ ‘सोनाम ल्होसार’ विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । तामाङ समुदायलगायत विभिन्न हिमाली तथा पहाडी समुदायको महान् सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६२ औँ […]

लिस्बन (पोर्चुगल) — प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा सक्रिय मगर संघ पोर्चुगलले सन् २०२६ को माघे संक्रान्ति पर्व ऐतिहासिक रूपमा मनाउने तयारी गरेको छ । यस पटकको ‘माघे संक्रान्ति बृहत् सांस्कृतिक कार्यक्रम २०२६’ लाई विशेष र भव्य बनाउन नेपालका दुई चर्चित हस्ती गायक श्याम राना मगर र गायिका ज्योति मगर पोर्चुगल […]

मोन्तिजो (पोर्चुगल) — पोर्चुगलको मोन्तिजोमा बसोबास गर्ने नेपालीहरूको साझा संस्था ‘मोन्तिजो नेपाली समाज’ को दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । आइतबार मोन्तिजोस्थित ‘रोयल मम बार’ रेस्टुरेन्टमा आयोजित उक्त अधिवेशनले सोम गुरुङको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संस्थाका संस्थापक गोपाल योन्जनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमले आगामी कार्यकालका लागि […]