Home Login

जसमान दर्नाल जिवन, जाग्रेब । क्रोएसिया, म्याग्दी जिल्ला बासीको सामाजिक सस्था मोना क्रोएसियाले यहीँ आइतबार अगस्ट २४ तारिकमा सस्थाको दोस्रो अधिवेशन तथा रमाइलो तीज साँस्कृतिक कार्यक्रम  भब्यताका साथ गर्ने भएको छ । युरोपेली देस क्रोयेसियाको राजधानी जाग्रेब शहर स्थित Centar za kulturu Trešnjevka (Trešnjevka Cultural Center) को सभा हलमा कार्यक्रम मोनाले जनाएको छ । मोना […]

पोर्चुगल — नेपालका चर्चित लोकदोहोरी गायक शिरीष देवकोटा पोर्चुगलको राजधानी लिस्बनमा आइपुग्नुभएको छ । उहाँ नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा आयोजित तीज विशेष कार्यक्रममा सहभागिता जनाउन युरोप भ्रमणको क्रममा पोर्चुगल आउनुभएको हो । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले हरेक वर्ष  कार्यक्रम गर्दै आएको छ । यस वर्षको कार्यक्रमलाई अझ आकर्षक […]

पोर्चुगल (लिस्बन) । नेपालमा लोडसेडिङको अन्त्य गरी ‘उज्यालो नेपाल’को परिकल्पनालाई साकार पार्ने नायक तथा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ पोर्चुगल आइपुग्नुभएको छ । नेपाली आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा हुने एक विशेष कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो । शुक्रबार स्पेनको कोष्टाव्लाङ्कामा रहेको कार्यक्रम सकेर पोर्चुगलको राजधानी लिस्बन आइपुग्नुभएका घिसिङलाई लिस्बन […]

पोर्चुगल (लिस्बन) । पोर्चुगलमा नेपाली समुदायको हकहित र सामाजिक कार्यमा सक्रिय रहँदै आएको नवलपुर समाज पोर्चुगलले एक विशेष कार्यक्रमको आयोजना गरी यहाँ क्रियाशील नेपाली पत्रकारहरूलाई सम्मान गरेको छ । बुधबार, अगस्ट २० तारिखका दिन राजधानी लिस्बनस्थित मण्डला हाउस रेस्टुरेन्ट र बारमा आयोजित एक औपचारिक कार्यक्रममा पत्रकारहरूलाई उनीहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । […]

पोर्चुगल (लिस्बन) । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर पोर्चुगलको सक्रिय सामाजिक संस्था बाग्लुङ समाजले एक विशेष तीज कार्यक्रम तथा दर खाने समारोहको आयोजना गर्ने घोषणा गरेको छ । प्रवासमा आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले समाजले आउँदो २०२५ अगष्ट २५ सोमबारका दिन लिस्बनमा यो भव्य कार्यक्रम आयोजना गर्न लागेको […]

पोर्चुगल (लिस्बन) । ‘उज्यालो नेपाल’ का नायक तथा नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पोर्चुगलको राजधानी लिस्बनमा भव्य नागरिक अभिनन्दन गरिने भएको छ । नेपाली आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा हुने उक्त कार्यक्रम यही अगस्ट २३, शनिबारका दिन दिउँसो १२ बजे तय गरिएको छ । आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै पोर्चुगलमा बसोबास […]

पोर्चुगल (लिस्बन) ।  नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ठकुरी समाज पोर्चुगलले एक विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । नेपाली कला, संस्कृति र परम्परालाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले गत अगस्ट १७ तारिख, आइतबारका दिन लिस्बनको अल्मेडास्थित महात्मा गान्धी राधा कृष्ण मन्दिरको हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । […]

पोर्चुगल (लिस्बन) — विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो मौलिक कला, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यका साथ पोर्चुगलमा बसोबास गर्दै आएका सुदूरपश्चिमेली नेपालीहरूले नारीहरूको महान पर्व हरितालिका तीज र आफ्नो विशेष मौलिक पर्व गौराको अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् । आगामी शनिबार, २३ अगस्ट २०२५ का दिन लिस्बनमा आयोजना हुने उक्त […]

पेरिस, फ्रान्स — नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा, नेपाली लोक तथा दोहोरी गीत समूह, फ्रान्सको आयोजनामा आज (अगस्ट १७, आइतबार) पेरिसमा एक भव्य तीज विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिनका लागि चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार जर्मनीबाट पेरिस आइपुग्नुभएको छ । चर्चित गायिका परियारसँगै […]

पोर्चुगल —  सात समुद्रपारि रहे पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने नेपालीहरूको संकल्प साँच्चै प्रशंसनीय छ । यही संकल्पलाई मूर्तरूप दिँदै, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा पोर्चुगलको राजधानी लिस्बन नेपाली कला र संस्कृतिमा झुम्न आतुर छ । चितवन समाज पोर्चुगलको आयोजनामा हुन लागेको एक भव्य तथा निःशुल्क तीज विशेष सांस्कृतिक […]