Home Login

साइप्रस (लिमासोल) — एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको ‘आइ पपर्स’ र ‘युफोरिया इभेन्ट’ को आयोजनामा चर्चित गायक ‘पूर्ण राई एण्ड द दाजुभाइहरु’ जुलाई २० तारिख युरोपेली मुलुक साइप्रसमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । कार्यक्रम साइप्रसको दोस्रो ठूलो सहर लिमासोलस्थित नोट्स लाइभ हलमा हुने भएको छ । ‘पूर्ण राई र […]

पोर्चुगल (लिस्बन) — एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सको आयोजनामा चर्चित गायक ‘पूर्ण राई एण्ड द दाजुभाइहरु’ जुलाई ७ तारिख युरोपेली मुलुक पोर्चुगलमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । पोर्चुगलको राजधानी लिस्बन स्थित ‘लिस्बोआ आओ भिभो’ हलमा हुने भएको छ । ‘पूर्ण राई र उनको ब्यान्ड दाजुभाइहरु’ पहिलो पटक […]

पोर्चुगल — नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो । नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामु प्रभावकारी ढङ्गले प्रस्तुत गर्दै आएको छ । बोर्डले […]

बेल्जियम — गत सोमबार अर्थात २३ जूनको दिन बेल्जियमको डाइमण्ड शहर आन्थ्रोपेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टर सम्मेलन बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यता र अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछानेको बिशेष आतिथ्यतामा उद्घाटन भएको सम्मेलन संगठन र भाषा साहित्यबारे तीन दिनसम्म चलेर जून २५ मा सकियो । नेपाली राष्ट्रिय गीतबाट […]

दुबई — संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा तय भएको गायक कुमा सागरको लाइभ प्रस्तुतिका लागि तयारी तीव्र बनाइएको छ । आयोजकका अनुसार कार्यक्रमका लागि अहिले टिकट विक्रीको काम धमाधम चलिरहेको छ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले कुमा सागरको प्रस्तुति हेर्न उत्साहजनक रूपमा टिकट बुकिङ भएको जानकारी गराउँदै […]

इटाली — सरकारले दक्ष र अर्धदक्ष श्रमिकलाई जापान, कोरिया तथा युरोपियन मुलुकहरूमा संस्थागत तवरबाट पठाउने तयारी सुरु गरेको छ । प्रतिनिधिसभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यसबारे जानकारी गराएका हुन् । उनले जुलाईदेखि युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया सुरु गएको बताए । मन्त्री भण्डारीले भने, ‘वैदेशिक रोजगार नीतिअनुसार दक्ष र सिपयुक्त […]

काठमाडौं — गायक तथा संगितकार सुरज योञ्जनको नयाँ गीत “माया छ” म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक योञ्जनको शब्द, संगीत तथा स्वरमा तयार भएको गीतमा गायिका एन्जिल लामा लोप्चनले गायनमा साथ दिएकी छिन् । गीतको म्युजिक भिडियोमा लक्ष्मण भुसाल र बिना राउतको आकर्षक अभिनय देख्न सकिन्छ । नरेन श्रेष्ठले निर्देशन,सम्पादन गरेको भिडीयोमा मनिषा लामाको […]

लन्डन — नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म” विषयमा भर्चुअल तालिम सम्पन्न भएको छ। पत्रकारितामा प्रविधिको प्रभाव र प्रयोगबारे जानकारी दिन आयोजित उक्त तालिम जुन २२ तारिख आइतबारका दिन आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा उपस्थित डिजिटल मिडिया फाउन्डेसन नेपालका अध्यक्ष प्रवेश सुवेदीले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले […]

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन वटा आणविक साइटमा अमेरिकाले आक्रमण गरेको बताएका छन् । अमेरिकाले फोर्डो, नतांज र इस्फहान साइटमा आक्रमण गरेको उनको दाबी छ ।  ‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नतांज र इस्फहानमा अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं । सबै विमानहरू अहिले इरानको हवाई क्षेत्रमा छैनन्’, उनले सामाजिक सञ्जाल […]

नर्वे — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नर्वे च्याप्टरले ओस्लोमा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । साहित्यकार विष्णुमाया विभुको सभापतित्व तथा साहित्यकार प्रा. डा. हिरण्यलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रा. डा. विशाल सिटौला र अनेसास केन्द्रका उपाध्यक्ष लालगोपाल सुवेदी विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । अधिवेशनले राजेश सापकोटालाई अध्यक्षमा, दीपक खतिवडा गरिमालाई उपाध्यक्षमा, […]