म्यानचेस्टर — गायक, संगीतकार तथा नेपाल आईडलका लोकप्रिय जज कालीप्रसाद बास्कोटाले दशैं- तिहार लक्षित युके टुर गर्ने भएका छन् । ८८४८ भाईभ्सले गर्न लागेको युके टुरको पहिलो कार्यक्रम म्यानचेस्टरमा हुनेछ ।
अक्टोबर १२ आइतबार म्यानचेस्टरमा पहिलो पटक नेपालकै झल्को दिने गरि दशैं र तिहार कार्यक्रम राखिएको आयोजक ८८४८ भाइभ्सका प्रवन्ध निर्देशक मनोज बजगाईले जानकारी दिए । बास्कोटाले पहिलो पटक म्यानचेस्टरमा लाईभ प्रस्तुति दिन लागेका हुन् । बास्कोटाले लाईभ ब्याण्ड म्युजिक सहित प्रस्तुति दिने तयारि रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा काली प्रसाद बास्कोटाको लाईभ संगीतका साथसाथै विविध रोचक गतिविधि हुने आयोजक टिमले जनाएको छ । बालबालिका मैत्री खेल, दशैं लक्षित खेलहरु, सांस्कृतिक नृत्यहरु लगायतका विविध कार्यक्रम राखिएको छ । म्यान्चेस्टरको डिनस्गेटमा रहेको इगल भेन्युमा हुने कार्यक्रममा ७ बर्ष मुनिका बालबालिकालाई प्रवेश निशुल्क गरिएको जनाईएको छ ।