Home Login

पोर्चुगल (लिस्बन) — पोर्चुगलको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्रले सन् २०२५ मा ऐतिहासिक सफलता हासिल गरेको छ । ‘बैंक अफ पोर्चुगल’ ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, यस वर्षको सेप्टेम्बरसम्ममा देशको पर्यटन राजस्व २३.५ अर्ब युरो भन्दा माथि पुगेको छ । पर्यटकीय सिजनको अन्त्यतिर पनि पोर्चुगलले विदेशी पर्यटकहरूबाट हुने आम्दानीमा वृद्धि कायम राखेको छ । […]

युरोप — नेपालमा विदेशी पर्यटकको अगामन ३ प्रतिशतले बढेको छ । गत बर्षको अक्टोबर महिनामा भन्दा यस बर्षको अक्टोबरमा नेपाल आउने विदेशी पर्यटकको संख्या ३.३ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको अक्टोबरमा कुल एक लाख २८ हजार ४४३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको अक्टोबरमा एक लाख २४ हजार […]

लिस्बन — पोर्चुगलको पर्यटन क्षेत्रले यस वर्षको अगस्ट महिनामा एक नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ । बैंक अफ पोर्चुगलद्वारा जारी र ECO ले रिपोर्ट गरेको पछिल्लो तथ्याङ्कअनुसार, अगस्ट २०२५ मा देशको यात्रा र पर्यटन निर्यात बढेर कुल ४.३ बिलियन युरो (चार अर्ब तीस करोड युरो) पुगेको छ । यो आँकडाले पोर्चुगलको अर्थतन्त्रमा पर्यटन क्षेत्रको […]

सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । तर यसै बर्षको फेब्रुअरी, मार्च र अप्रिलको तुलनामा भने उच्च गिरावट आएको छ । बोर्डको तथ्याङ्क अनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ […]

स्पेन (म्याड्रिड) । युरोपको गर्मीयामको मुख्य महिना जुलाईमा स्पेन पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ । भूमध्यसागरीय तट, ऐतिहासिक सहर र जीवन्त संस्कृतिका लागि प्रख्यात स्पेनले यो वर्ष पनि लाखौं विदेशी पर्यटकलाई आकर्षित गरेको छ । आधिकारिक तथ्याङ्कहरूले देखाएअनुसार, जुलाई महिनामा स्पेन भ्रमण गर्ने पर्यटकहरूमा सबैभन्दा ठूलो संख्या बेलायती नागरिकको रहेको छ भने त्यसपछि क्रमशः जर्मनी […]

लिमासोल, साइप्रस — गर्मी मौसमको मध्यतिर आइपुग्दा साइप्रसका पर्यटकीय क्षेत्रहरूमा चहलपहल ह्वात्तै बढेको छ । होटल व्यवसायी संघ (पासिक्से) का अनुसार, टापुका होटलहरू अगस्ट महिनाको मध्यमा लगभग पूर्ण रूपमा भरिने अवस्थामा पुगेका छन्, जसले पर्यटन व्यवसायीहरूलाई उत्साहित बनाएको छ । यद्यपि, अनियन्त्रित रूपमा सञ्चालित छोटो अवधिका भाडाका सम्पत्तिहरूले समग्र पर्यटन उद्योगमा चुनौती खडा गरेको छ […]

काठमाडौँ — पछिल्लो ११ महिनामा १० लाख ७७ हजार ६४१ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको  सन् २०२४ को अगस्टदेखि सन् २०२५ जुनसम्मको तथ्यांक अनुसार यी संख्यामा विदेशी पर्यटक नेपालका आएका हुन् । नेपाल पर्यटन बोर्ड अनुसन्धान विभागका वरिष्ठ अधिकृत अविन्द्र भट्टले सन् २०२५ को जनवरीदेखि जुनसम्म मात्र पाँच लाख ७७ हजार ६८९ […]

पोर्चुगल — पोर्चुगल सन् २०२५ को एकल साहसिक यात्रा ( सोलो एड्भेन्चेर ट्राभल ) गन्तव्यको छैठौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा पोर्चुगल छैठौँ स्थानमा परेको हो । ‘मच बेटर एड्भेन्चर’ को सूचीका लागि पोर्चुगललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा र विविध साहसिक गतिविधिका लागि […]

पोर्चुगल —  सन् २०२५ को अप्रिल महिनामा पोर्चुगलबाट ६ सय २८ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै पोर्चुगलबाट उक्त संख्यामा पर्यटक भित्रिएका हुन् । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ पर्यटक भित्रिए । अप्रिलमा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी […]

तनहुँ —  जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् ।  पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले पाँच […]