Home Login

फिनल्यान्ड — फिनल्यान्डले सन् २०२६ भित्र पाकिस्तान, अफगानिस्तान र म्यानमारमा रहेका आफ्ना दूतावास बन्द गर्ने भएको छ । राष्ट्रपति एलेक्जान्डर स्टबको आदेशपछि विदेश मन्त्रालयले गरेको रणनीतिक समीक्षा अनुसार यस्तो निर्णय लिइएको जनाइएको हो । मन्त्रालयका अनुसार राजनीतिक परिवर्तन, सीमित वाणिज्यिक तथा आर्थिक सम्बन्ध र अन्य सञ्चालन चुनौतीका कारण दूतावासहरू बन्द गर्ने निर्णय गरिएको हो । […]

पोर्चुगल — गैर आवासीय नेपाली संघमा विगत चार वर्षदेखिको संक्रमणकाल अन्त्य भएको छ । दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनपछि सिर्जित परिस्थितिका कारण विभाजित बन्न पुगेको संघको दुई नेतृत्वबीच आइतबार प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एक ऐतिहासिक सहमति भएको हो । विगतदेखि देखिएका असमझदारी समाधान गरी सहमति र सहकार्यको मार्गबाट संघलाई भावनात्मक रूपमा पुनः एकताबद्ध बनाउने पवित्र उद्देश्यले भएको […]

म्याड्रिड, स्पेन — स्पेन र माल्टामा बसोबास गर्दै आएका नेपाली नागरिकहरूका लागि एक महत्त्वपूर्ण तथा खुसीको खबर छ । नेपाली राजदूतावास म्याड्रिडले औपचारिक रूपमा व्यक्तिगत घटना दर्ता (जन्म र मृत्यु दर्ता) को सेवा सुरु गरेको छ । यो सेवा सुरु भएसँगै अब स्पेन र माल्टामा रहेका नेपालीहरूले आफ्ना बालबच्चाको जन्म दर्ता वा परिवारका सदस्यको मृत्यु […]

पोर्चुगल — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि अनलाइन आवेदन खुला गरेको छ । राजदूतावासले एक सूचना जारी गर्दै आगामी डिसेम्बर महिनाको पहिलो दुई साताका लागि अपोइन्टमेन्ट बुकिङ खुला गरेको जानकारी दिएको हो । राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेका आवेदकहरूलाई लक्षित गर्दै यो आवेदन खुला गरिएको […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलस्थित नेपाली राजदूतावासले आगामी सोमबार (डिसेम्बर १) सार्वजनिक बिदा दिने घोषणा गरेको छ । राजदूतावासले शुक्रबार (२८ नोभेम्बर) एक सूचना प्रकाशित गर्दै सो जानकारी गराएको हो । बिदाको कारण र मिति दूतावासद्वारा जारी सूचना अनुसार, पोर्चुगलको राष्ट्रिय पर्व ‘Restoration of Independence Day’(स्वतन्त्रता पुनर्स्थापना दिवस) को उपलक्ष्यमा बिदा दिइएको हो । सेवा प्रवाह […]

पोर्चुगल — पोर्चुगलको संसदले आज सन् २०२६ का लागि सरकारले प्रस्तुत गरेको राज्य बजेट (State Budget – OE2026) पारित गरेको छ । लामो बहस र रस्साकस्सीपछि प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको नेतृत्वमा रहेको मध्य-दक्षिणपन्थी सरकारले आफ्नो दोस्रो बजेट पास गराउन सफल भएको हो । बजेट पारित हुने/नहुने विषयमा अन्तिम समयसम्म पनि राजनीतिक वृत्तमा चासोको विषय बनेको थियो […]

पोर्चुगल — पोर्चुगलको युवा टोलीले ऐतिहासिक प्रदर्शन गर्दै सन् २०२५ को फिफा यू–१७ विश्वकपको उपाधि जितेको छ । कतारको दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले यो प्रतिष्ठित उपाधि उचालेको हो । यो जितसँगै पोर्चुगलले यू–१७ उमेर समूहको विश्वकप फुटबलको इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेख्न सफल […]

म्याड्रिड — बालबालिका तथा किशोरकिशोरीहरूमा सामाजिक सञ्जाल र डिजिटल उपकरणको लत गम्भीर स्वास्थ्य समस्याको रूपमा देखा पर्न थालेपछि, युरोपका दुई छिमेकी राष्ट्रहरू—पोर्चुगल र स्पेन—ले यस विरुद्ध लड्न संयुक्त रणनीति तयार गरिरहेका छन् । पोर्चुगलको राष्ट्रिय जीवन विज्ञान परिषद् (CNECV) र स्पेनी बायोएथिक्स समितिले ‘दुवै देशका लागि अत्यन्तै चिन्ताजनक’ बनेको यो विषयलाई सम्बोधन गर्न एक संयुक्त […]

फ्रान्स — बालबालिका तथा किशोरकिशोरीहरूमा सामाजिक सञ्जालको बढ्दो लत र यसबाट सिर्जना भएका मानसिक तथा सामाजिक समस्याहरूलाई मध्यनजर गर्दै युरोपेली संसदले ऐतिहासिक कदम चालेको छ । संसदले हालै युरोपेली संघ (इयु) का २७ वटा देशहरूमा लागू हुने गरी सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर हद र कडा नियमनको माग गर्ने प्रतिवेदन अत्यधिक बहुमतले पारित गरेको […]

पोर्चुगल (लिस्बन) — नेपाली राजदूतावास लिस्बनले संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८२ को अवसरमा आयोजना गरेको लेख/रचना लेखन प्रतियोगिताको नतिजा आज सार्वजनिक गरेको छ । दूतावासले ‘नेपालको आर्थिक विकासमा पोर्चुगलबासी नेपालीको भूमिका र अवसरहरु’ विषयक खुल्ला लेख लेखन प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पोर्चुगलको पोन्टे डे सोर मा बसोबास गर्दै आएका प्रशान्त श्रेष्ठ प्रथम […]