Home Login

युरोप — नेपालमा विदेशी पर्यटकको अगामन ३ प्रतिशतले बढेको छ । गत बर्षको अक्टोबर महिनामा भन्दा यस बर्षको अक्टोबरमा नेपाल आउने विदेशी पर्यटकको संख्या ३.३ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको अक्टोबरमा कुल एक लाख २८ हजार ४४३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको अक्टोबरमा एक लाख २४ हजार […]

स्पेन (बार्सिलोना) — नेपाली लोक साहित्यको प्रवर्द्धन, संरक्षण र व्यवस्थापन गर्दै यूरोपलाई कर्मथलो बनाएका प्रवासी नेपाली कलाकारहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापित राष्ट्रीय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल, यूरोप शाखाले आफ्नो चौथो अधिवेशनको तयारी पूरा गरेको छ । आगामी नोभेम्बर ४ शनिबारका दिन स्पेनको पर्यटकीय शहर बार्सिलोनामा संस्थाको चौथो अधिवेशन भव्यताका साथ आयोजना हुन लागेको […]

पोर्चुगल (लिस्बन) —  लिस्बनस्थित नेपाली राजदूतावासले पोर्चुगलको दक्षिणी अल्गार्भ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई लक्षित गरी फारो सहरमा विशेष घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । आगामी नोभेम्बर १ र २ तारिखमा सञ्चालन हुने यस शिविरमार्फत नेपाली राहदानी (पासपोर्ट) नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र तथा पारिवारिक कागजात प्रमाणीकरण जस्ता महत्त्वपूर्ण कन्सुलर सेवाहरू प्रदान गरिने दूतावासले जनाएको […]

पोर्चुगल — पोर्चुगलमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका एकजना कर्मठ नेपाली समाजसेवी तथा वामपन्थी अभियन्ता भण्डारीको निधन भएको छ । उहाँको निधनको खबरसँगै पोर्चुगल तथा युरोपमा रहेका प्रवासी नेपाली समुदाय स्तब्ध बनेको छ । स्वर्गीय भण्डारी हाल नेपाली जनप्रगतिशील मञ्च यूरोपका सदस्य हुनुहुन्थ्यो । यसअघि उहाँले पोर्चुगलमा नेपाली समुदायको हकहित र जनसंगठन विस्तारमा नेतृत्वदायी भूमिका […]

(पोर्चुगलको नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन ऐतिहासिक सहकार्यको सुरुवात) पोर्चुगल —  पोर्चुगलको सक्रिय र प्रतिष्ठित सामुदायिक संस्था नेपाली क्लब साओ टियोटोनियोले आफ्नो बहुप्रतीक्षित फुटबल प्रतियोगिता “दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५” को लागि आधिकारिक मिडिया पार्टनरको रूपमा युरोपाटीलाई चयन गरेको छ । क्लबले एक “गौरवशाली घोषणा” जारी गर्दै यस महत्त्वपूर्ण साझेदारीको औपचारिक जानकारी दिएको हो […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको संसदले राष्ट्रियता कानूनमा महत्वपूर्ण संशोधनहरू अनुमोदन गरेको छ । लामो बहस र मतदानपछि पारित यी परिवर्तनहरूले पोर्चुगलको नागरिकता प्राप्त गर्ने प्रक्रियालाई थप कडा बनाएको छ । संसदमा भएको अन्तिम समग्र मतदानमा, विधेयकको पक्षमा १५७ मत र विपक्षमा ६४ मत परेको थियो । यो परिणाम दुई तिहाइ भन्दा बढीको बहुमत हो । […]

युरोपेली संघ (इयू) ले सामाजिक सञ्जालका दिग्गज कम्पनीहरू मेटा (फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी) र टिकटकलाई पारदर्शिता नियमहरू उल्लङ्घन गरेको आरोप लगाएको छ । यो कारबाही युरोपेली संघको डिजिटल सेवा ऐन (डिएसए) अन्तर्गत गरिएको अनुसन्धानपछि भएको हो । दोषी पाइएमा, दुवै कम्पनीहरूले अर्बौं डलरसम्म जरिवाना भोग्नुपर्ने हुन सक्छ । युरोपेली संघले २०२४ मा मेटा र […]

पोर्चुगल — नेपालिज टीभीडीई (TVDE) ग्रुप, पोर्चुगलको तेस्रो महाधिवेशन सन् २०२५ सेप्टेम्बर १६ मा सम्पन्न भएको छ । महाधिवेशनले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । महाधिवेशनमा आदिवासी जनजाति महासंघ, पोर्चुगलका अध्यक्ष चोककुमार थापा मगर प्रमुख अतिथि रहेका थिए भने अध्यक्ष आशिष लामाको संयोजकत्वमा कार्यक्रम सम्पन्न गरिएको थियो । नयाँ […]

जसमान् दर्नाल जिवन, जाग्रीब । युरोपियन युनियनको सेन्जेन देश क्रोएसियाली सरकारले सन् २०२६ को लागि देशको न्यूनतम ज्याला प्रति महिना १ हजार ५० युरो तोकेको नयाँ नियमन अपनाएको छ । यो निर्णयले २०२५ को न्यूनतम ज्यालाको तुलनामा ८० प्रतिशतले वृद्धि भएको HRT ले रिपोर्ट गरेको छ । सरकारका अनुसार यो समायोजनले क्रोएसियाभरि निरन्तर आर्थिक वृद्धि, […]

लिस्बन —पोर्चुगाली संसद ‘Assembleia da República’ ले हिजो (शुक्रबार, २४ अक्टोबर २०२५) नागरिकता सम्बन्धी एक नयाँ र दूरगामी असर पार्ने विधेयकलाई अनुमोदन गरेको छ । यो नयाँ विधेयकले पोर्चुगाली नागरिकता प्राप्त गर्नका लागि आवश्यक न्यूनतम बसाइ अवधिलाई उल्लेखनीय रूपमा बढाएको छ, जसले पोर्तुगलमा रहेका हजारौं विदेशी नागरिकहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ । के-के छन् नयाँ […]