Home Login

पोर्चुगल — ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा विश्वभर छरिएर रहेका दिदीबहिनीहरुले अन्तरास्ट्रिय नारी समाज गठन गरेका छन् । शनिबार भर्चुअल मार्फत एक कार्यक्रमको आयोजना गरी औंपचारिक रुपमा समाजको घोषणा गरिएको हो । शनिबार सम्पन्न कार्यक्रमबाट अन्तरास्ट्रीय नारी समाजको अध्यक्ष पदमा पुनम गौतम (पोर्चुगल), महासचिवमा सन्ध्या अर्याल (कतार) र कोषाध्यक्ष पदमा भावना तिमिल्सिना (क्यानडा) बाट […]

रासस — थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीलाई आज स्वदेश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी आज नेपाल फर्काइएको जानकारी दिएको हो । गत जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी मकाउ पठाउन भारतको नयाँदिल्ली हुँदै थाइल्याण्ड पुर्याइएको थियो । त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा महिलाहरूको सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले ११५ औ अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रम यहीँ मार्च १० तारिख सोमबार हुने भएको हो । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा हुने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन्। त्यस्तै […]

माल्टा — फागुन २३ बाट प्रदर्शनमा आएको चलचित्र होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल–३’ युरोपको माल्टास्थित इडेन सिनेमासमा मार्च १५ तारीख प्रदर्शन हुने भएको छ। होस्टेलमा बसोबास गर्ने केही पात्रको नोकझोंक, संवेदना र रोमान्सका क्षणमा आधारित कथावस्तुमा निर्माण भएको चलचित्र युरोपको माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शनमा ल्याउन लागेको यस चलचित्र शनिबार राति १०:४५ बजेबाट प्रदर्शन हुने मग्वार्ट प्रोडक्सनका […]

पोर्चुगल — पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल आफ्नो कार्यभार सम्हाल्नको लागि बिहिबार लिस्बन आइपुग्नुभएको छ। राजदूत पौडेल बिहिबार अपरान्ह पोर्चुगल आइपुग्दा नेपाली दूतावास लिस्बनका नियोग उपप्रमुख रामबाबु नेपाल पोर्चुगलको परराष्ट्र मन्त्रालयको प्रोटोकल विभागका लुइस सान्तोसले लिस्बन एयरपोर्टमा स्वागत गरेका थिए । पोर्चुगलमा पहिलोपटक स्थापना गरिएको नेपाली राजदूतावासले आगामी मार्च तेस्रो सातादेखि औपचारिक रुपमा […]

पुस्तक रेग्मी । पोर्चुगल — नेपाली चलचित्र ‘लाज शरणम्’ युरोपेली मुलुक पोर्चुगलमा प्रदर्शन हुने भएको छ। आउँदो मार्च ९ तारिखदेखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुन लागेको हो। नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै आइरहेको नेल्स इन्टरटेन्मेन्टले […]

शेष घले । विदेशमा बस्ने नेपालीहरुको साझा  संस्था गैर आवासीय नेपाली संघ(एनआरएनए) यतिबेला असहज अवस्थामा छ । १०औं महाधिवेशनकाक्रममा चर्किएको विवाद ११औं महाधिवेशनमा आइपुग्दा थप तिक्ततापूर्णदेखियो । संघको विभिन्न तहमा नेतृत्व  चुन्न गराइएका निर्वाचनको विश्वसनीयता बारे प्रश्नहरु उठे र  केही साथीहरुको मन विभाजितहुनपुग्यो, जसले गर्दा  एनआरएनए अभियानमा ठूलो धक्का लागेको छ । सन् २००३ मा […]

एलिया लिम्बु । साइप्रस —  साइप्रसमा स्थापनाकालदेखि नै एक सक्रिय संस्था शेर्पा किदुक साइप्रसद्वारा मनाउने ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम — २०२५ अन्तिम चरणमा जुटेको आयोजकले बताएको छ। हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो लोसार ‘नयाँ बर्ष २१५२ औं (स्यिङ मो डुल ल्हो सर्प बर्षको) अवसरमा शेर्पा किदुक साइप्रसले आउँदो मार्च ९ […]

स्पेन — नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का स्पेनको अध्यक्षमा केशरबहादुर थापा निर्विरोध चयन भएका छन् । तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । थापा दुई दशक देखि कोष्टाब्लाङ्कामा रेष्टुरेन्ट व्यवसायमा सक्रिय छन् । थापाले कैयन विपन्न तथा गरिव समुदायका लागि स्वदेशमा सहयोग समेत गर्दै आइरहेका छन् । निर्वाचन समिति संयोजक, एनआरएनए […]

पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले ‘एनआरएनए अल्गार्भ कप २०२५’ सम्पन्न गरेको छ। उक्त कपको उपाधि ग्राब जब सान्तोतेनियाले जितेको छ। मार्च २ तारिख सम्पन्न भएको ‘एनआरएनए अल्गार्भ कप २०२५’ प्रतियोगितामा १३ टोलीले सहभागिता जनाएका थिए भने मेचीमहाकालीले दोस्रो स्थान हासिल गरेको थियो। ‘एनआरएनए अल्गार्भ कप २०२५’ को प्रमुख अतिथिका […]