डेनमार्क — नेकपा (एमाले) का केन्द्रीय सचिव, ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराई डेनमार्क आउने भएका छन् ।
आगामी जुन २८ तारिख शनिबार प्रवासी नेपाली मंच डेनमार्क द्वारा आयोजीत ‘स्वागत, भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रमका लागि योगेश भट्टराई डेनमार्क आउने भएका हुन् । प्रवासी नेपाली मंच डेनमार्कका अनुसार, भट्टराई शुक्रबार कोपनहेगन आइपुग्ने र २८ जुन शनिबार मंचले विशेष अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रम ‘Rentemestervej 67D,2400 कोपेनहेगन’ मा दिनको ३:३० बजे देखि सुरु हुने आयोजक प्रवासी नेपाली मंच डेनमार्कले जनाएको छ ।
आयोजकका अनुसार, प्रवासी नेपाली मंच, डेनमार्कका कमरेडहरु, समर्थक, शुभचिन्तक, शुभेच्छुकहरू तथा डेनमार्कको समाजमा क्रियाशील सम्पूर्ण संघ संस्था र सम्पूर्ण डेनमार्क बासी नेपालीहरु लाई उपस्थितिको लागी आयोजकले निमन्त्रण समेत गरेको छ ।