Home Login

म्याड्रिड (स्पेन) —  स्पेनको दक्षिणपूर्वी क्षेत्रमा गत आइतबारदेखि आएको मुसलधारे वर्षा र भीषण आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ । विशेषगरी अन्डालुसिया क्षेत्रमा आँधीले ठूलो क्षति पुर्‍याएको छ । मलागा र ग्रानाडा प्रान्तमा आएको बाढीका कारण हालसम्म दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । शनिबार रातिदेखि सुरु भएको […]

इजरायल —  नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा आगामी १३ फेब्रुअरी शुक्रबारका दिन हगना – १३५, तेलअभिवमा सोनाम ल्होछार साँगितिक साँझ–२०२६ हुने भएको छ । “तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपी, संस्कार र संस्कृतिको प्रवद्र्धन तथा संरक्षण गरौ, ताम्सालिङ प्राप्तिको लागि एक जुट हाऔं” भन्ने मुल नारा सहित नेपालीहरुको राष्ट्रिय पर्व तथा तामाङ समुदायको मुख्य चाड […]

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले आज साल्मियाको ब्लक १० गार्डेन क्षेत्रमा दोस्रो चरणको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । अभियानमा संस्थाका पदाधिकारी, सदस्यहरू साथै कुवेती,इजिप्टियन ,भारतीय तथा अन्य समुदायको पनि  सहभागिता थियो । संस्थाले  यसअघि सम्पन्न रक्तदान कार्यक्रम र पहिलो […]

लिस्बन (पोर्चुगल) —  पोर्चुगलको अर्थतन्त्रले चालु वर्ष २०२५ को पहिलो नौ महिनामा उत्साहजनक वित्तीय अनुशासन देखाएको छ । सार्वजनिक प्रशासन क्षेत्रले यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा कुल गार्हस्थ्य उत्पादन (GDP) को २.१ प्रतिशत बराबरको बजेट अधिशेष कायम गर्न सफल भएको छ । राष्ट्रिय तथ्याङ्क संस्थान (INE) द्वारा हालै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, २०२५ को पहिलो […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलको दोस्रो ठूलो सहर पोर्टोमा ‘घुम्ती पासपोर्ट शिविर’ सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनबाट टाढा रहेका नेपालीहरूको समय र खर्च बचत गराउँदै घरदैलोमै सेवा पुर्‍याउने अभिप्रायले दूतावासले यो विशेष शिविरको आयोजना गर्न लागेको हो । दूतावासले […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक बिदाको घोषणा गर्दै सम्पूर्ण नेपाली समुदायमा शुभकामना व्यक्त गरेको छ । दूतावासले मंगलबार एक सूचना जारी गर्दै बिदा र शुभकामना सन्देश प्रवाह गरेको हो । जारी गरिएको सूचनामा सन् २०२५ को क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ […]

पोर्चुगल — पछिल्लो समयका सर्वाधिक लोकप्रिय तथा युवा पुस्ताका ढुकढुकी गायक सुजन चापागाईं आफ्नो ब्याण्ड ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ सहित युरोपको सांगीतिक यात्रामा निस्कने भएका छन् । सन् २०२६ मा आयोजना हुने ‘युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६’ नाम दिइएको विशेष सांगीतिक टुरका लागि उनी युरोप आउने भएको हो । प्रवासमा रहेका नेपालीहरूलाई संगीतको माध्यमबाट […]

जसमान दर्नाल, जिवन (क्रोएसिया) — युरोपेली श्रम बजारमा पछिल्लो समय आकर्षक गन्तव्य बनिरहेको क्रोएसियाले विदेशी कामदार र उनीहरूलाई रोजगारी दिने कम्पनीहरूमाथि कडा निगरानी सुरु गरेको छ । आफ्नो देशको श्रम बजारलाई व्यवस्थित, न्यायोचित र स्थायी बनाउने उद्देश्यसहित क्रोएसिया सरकारले विदेशी कामदारसम्बन्धी नियमहरूमा व्यापक कडाइ गरेको हो । विशेष गरी अवैध रूपमा हुने कामलाई निरुत्साहित गर्न […]

लिस्बन (पोर्चुगल) — संयुक्त राष्ट्रसंघको घोषणालाई आत्मसाथ गर्दै पोर्चुगलस्थित नेपाली राजदूतावासले दोस्रो ‘विश्व ध्यान दिवस’ मनाएको छ । ‘विश्व शान्ति र सद्भावनाका लागि ध्यान’ भन्ने मूल नाराका साथ आज (डिसेम्बर २१) दूतावासको सभाहलमा विशेष ध्यान शिविरको आयोजना गरी यो दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई मानव स्वास्थ्यका लागि एक पूरक र […]

एथेन्स, ग्रीस — पछिल्लो २४ घण्टामा ग्रीसको दक्षिणी टापु क्रेट र यसको छिमेकी सानो टापु गाभ्डोसमा आप्रवासीहरूको आगमन ह्वात्तै बढेपछि यहाँको तटीय सुरक्षा संयन्त्रमा कडा दबाब सिर्जना भएको छ । सुधारिएको मौसम र मानव तस्करहरूले बाटो परिवर्तन गरेका कारण यस क्षेत्रमा सयौंको संख्यामा आप्रवासीहरू ओइरिन थालेका हुन् । शुक्रबार र त्यसपछिको रात क्रेटको तटीय क्षेत्रमा […]