Home Login

एनआरएनको निर्वाचनमा झाक्रीको भनाइ बारे संचारकर्मी पुस्तक रेग्मीले आफ्नो विचार फेसबुकमा राखेका छन् । साभार : संचारकर्मी पुस्तक रेग्मीको फेसबुक मेरो विचार / सन्दर्भ  झाक्रीको भनाइ  : हो म रातो पासपोर्टको लागि विदेश आएको हो । र अब खुसी सँग म रातो पासपोर्ट लिन्छु पनि । किनकि म नेपाल मा ४ बर्ष कलाकारगरे २ बर्ष […]

साइप्रस/प्रकाश बराइली । साइप्रसको राजधानी निकोसियामा गएको कृष्ण जन्माष्टमीमा भब्य मन्दिर स्थापना भएको छ । राजधानीको सोलोमोस बसपार्कको अगाडी रहेको भारतीय ग्रोसरी (VAMA SHOP) रहेको घरको माथीको तलामा “श्री राधे कृष्ण कम्युनिटीसेन्टर” नमाङ्गकरण गरि भारतीय ब्याबसायी आशुतोष मेहोत्राले आफ्नो आमा, स्वा: शकुन्तला त्रिलोकनाथ मेहोत्राले साइप्रसमा रहदा मन्दिर स्थापना गर्ने इच्छा राख्नु भएको र उहाकै मनोकामना […]

लिस्बन । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो । नोभेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने छ । नोभेम्बर५ ,६ ,७ र ८ गते प्रदर्शन हुने छ । नोभेम्बर ५ ,६ ,७ बेलुकीको शो हुने छ भने […]

पोर्चुगल । गत आइतबार पोर्चुगलको राजधानी लिस्बनमा भएको भिजन स्पोर्टस क्बलद्वारा आयोजित युरोस्तरीय खुला भलिवल प्रतियोगिताको खेलमा गल्कोटले म्याग्दी समाज (मोना) लाई २–१ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको छ । ८ टोली सम्मिलित प्रतियोगितामा ४–४ टोलि सम्मिलित समूहबाट आ-आफ्नो समूहमा विजेता बनेका मोना र गल्कोट फाईनलमा प्रवेश गरेका थिए । फाइनल खेलको पहिलो […]

काठमाण्डौ । आज देखि काठमाण्डौमा शुरु हुने गैर आवासीय नेपाली संघ NRNA ICC को महाधिवेशनका लागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी दर्ता गरेकी छिन् । अध्यक्षका अर्का दावेदार वर्तमान कार्यसमितिका उपमहासचिव विनय अधिकारीले उनलाई समर्थन गरि प्रस्तावक नै वसेर सहयोग गर्नुभएको छ। अर्का प्रस्तावक विष्णु वानिया (जापान) तथा समर्थक गगन गुरुङ र सुरेश कोइरालाले पनि […]

गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनमा विभिन्न योजना र नारासहित पेसाले वैज्ञानिक रहेका डा. चिरञ्जीवी खड्काले युरोप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । केही वर्षयता युरोपको चेक रिपब्लिकमा बसोबास गर्ने डा खड्काले पोर्चुगल, डेनमार्क, फ्रान्स, जर्मनी लगायतका देशबाट एनआरएनए प्रतिनिधि (डेलिगेट्स) भएर मतदान गर्न आइपुगेका मतदाताहरू सँगको छलफल पश्चात उम्मेदवारी दिएका हुन् । […]

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता जनाए । […]

पोर्चुगल । पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको छ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा जर्मनीमा हुने युरोकपका लागि छनौट भएको हो । समुह जे अन्तर्गतको गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने गोन्कालो रामोसले एक […]

युरोप । घोषणा गरेको तर दर्ता नगरेको NRNA ICC महासचिब पदको उमेदवारी आर के त्रिपाठीले फिर्ता लिएको छन् । यस्तो लेख्छन् आर के त्रिपाठी : विगतमा NRNA UK को सदस्य,प्रवक्ता,दुई कार्यकाल महासचिब र NRNA ICC को लागी दुई कार्यकाल Honory Council Member र NRNA ICC को दुई कार्यकाल Task Force Member भई काम गरेको नाताले […]

इजरायलबाट २५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी शुक्रबार बिहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो । नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए ।  त्रिभुवन विमानस्थलमा अवतरणपछि विद्यार्थीहरुले स्वदेश फर्किन पाउँदा खुसी लागेको बताए । साथसाथै १० जना साथीहरु हमासको आक्रमणमा मारिँदा दुखित भएको पनि बताए […]