Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

नेपाली पन्चैबाजा र लोकदोहोरीले घन्कियो बार्सीलोना

बार्सिलोना २२ अक्टुबर २०२३ आईतबारका दिन स्पेनको पर्यटकिय शहर बार्सिलोनाको सुप्रसिद्द गिर्जाघर साग्रदा फामिलिया अगाडी नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ बार्सिलोना नगरपालिका, साँस्कृतिक बिभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च , स्पेनको आयोजनामा बिभिन्न सांस्कृतिक कार्यक्रम तथा नेपाली पञ्चैबाजाको साथमा नेपाल पर्यटन प्रवर्द्धन तथादशैतिहार शुभकामना आदानप्रदान कार्यक्रमनमस्ते बार्सिलोना२०२३भब्यताका साथ सम्पन्न भएको छ।

नेपाली जनप्रगतिशील मंच,स्पेनका अध्यक्ष विशाल ढुंगानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा प्रमुख अतिथीको रूपमा प्रवाशसमन्वय समितिका केन्द्रिय सदस्य गंगा प्रसाद भुसालले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथीको रूपमा  Miembro de Parlament de Catalunya senior ERNESTO CARRIÓN SABLICH (Diputat) ,El Pla Comunitari  de Sagradha Familia का प्रतिनिधि señora lsis, नेपाली जनप्रगतिशील मंच युरोप कमिटि सदस्य कृष्णहरि कंडेल, एन.आर.एन.. आई.सि.सि. सदस्यहरू दिनेश कुमार गिरी तथा प्रकास तिमिल्सिना , जनसम्पर्क समिति स्पेनका कार्यबाहाक सभापति शिव प्रसाद उपाध्याय , नेपाली एकता मंच, स्पेनका अध्यक्ष दुर्गा शर्मा रहनुभएको थियो भने अन्य अतिथीहरूमा संस्थाका संरक्षक तथा सल्लाहकारहरु , स्पेन  स्थित जातिय , क्षेत्रिय ,युवा, महिला, कलाकार लगाएत सम्पूर्ण  संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सम्पूर्ण  संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, प्रवासी नेपाली मंन्च युरोपका संयोजक मुक्त बहादुर गुरुङ,अनलाईन खवरका युरोप संयोजक बसन्त रानाभाट,  नेपाली पाठशालाकी संयोजक सरला सापकोटा कथा बाचक तथा सामाजिक अभियन्ता साईग्रेस प्रोखेल , नेपाल समाज एसोसिएसन कोष्टाब्लान्काका बरिष्ठ सल्लाहकार सन्तोष अर्याल, नेपाल समाज कोष्टाब्लान्काका पूर्व अध्यक्ष केशब राज कंडेल , हाम्रो मौलीक पन्चै बाजा सहित पोर्चुगलवाट पाल्नुहुने लोक दोहोरी प्रतिष्ठान युरोपका अध्यक्ष तथा कलाकार पुर्ण अर्याल, लोक दोहोरी प्रतिष्ठान युरोपका वरिष्ठ उपाध्यक्ष तथा कलाकार शुवासचन्द्र पुन मगर, प्रतिष्ठानका  उपाध्यक्ष ईमान सिंह बुढा , लोकदोहोरी गायिका डिला बि.., पन्चैबाजाका कलाकारहरू जित बहादुर थापा, भिम राज परियार ,कुमाररित शाही,तारा क्षेत्री  कलाकार मित्रहरूलाई यहाँसम्म ल्याउन संयोजन गर्नुहुने लोक दोहोरी प्रतिष्ठानकी निवर्तमान अध्यक्ष तथा हाम्रो संगठनकी सल्लाहकार सुमि घिमिरे सापकोटा रहनुभएको थियो।

कार्यक्रममा नेपाल समाज एसोसिएसन कोष्टाब्लान्काका बरिष्ठ सल्लाहकार सन्तोष अर्याल नेपाल लाई विश्व सामु चिनाउने शान्ति भुमि गौतम बुद्ध जन्मेको देश, सगरमाथाको देश , खुल्ला ऐतिहासिक संग्रालय भएको देश, बहु जाती , बहुभाषी प्रकृतिले भरिएको सुन्दरदेश नेपाल एक पटक घुम्नको लागि सबै पर्यटकहरूलाई अनुरोध गर्दै स्वागत गर्नुभयो भने विशेष अतिथिका रूपमा आउनुभएका कातालुनियाका प्रदेश सांसद senior ERNESTO CARRIÓN SABLICH (Diputat) ले नेपाल नेपालीहरूको कला , संस्कृतिलाई नजिकबाट हेर्न पाएकोमा खुसि ब्यक्त गर्दै आगामी दिनहरूमा स्पेनका अन्य क्षेत्रमा रहेका नेपाली समुदायसंग पनि  सहकार्य गर्दैजाने आफुले सक्दो सहयोग गर्ने बताउनु भयो  साथै उपस्थित विदेशि पाउनाहरूलाई नेपाल जान उत्प्रेरित गर्दै आफु पनि नेपाल घुम्नजानको लागि आतुर रहेको बताउनु भयो।

कार्यक्रममा प्रदेश सांसद senior ERNESTO CARRIÓN SABLICH लाई नेपाली समुदायको तर्फबाट अध्यक्ष विशाल ढुंगानाले नेपाली ढाका टोपी लगाईदिएर सम्मान गर्दा उपस्थित विदेशि स्वदेशि पाहुनाहरूले  तालि बजाएर सम्मान ब्यक्त गरेका थिए।

दैनिक हजारौ विदेशी पर्यटकहरूको भिड लाग्ने साग्रदा फामिलिया चर्च अगाडि खुल्ला आकाश मुनि आयोजित कार्यक्रम दिनको चारबजे बाट सुरू भई बेलुका नौ बजे सम्म निरन्तर चलिरहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण बनेको पन्चै बाजामा नेपाली मात्र नभै बिदेशी पर्यटकहरू पनि छमछम नाचिरहेका देखिन्थे। कार्यक्रममा पन्चैबाजा साथै नेपाली विभिन्न  जातजाती , भाषा संस्कृति झल्केका तमु समुदाय, मगर समुदाय,नेवारी समुदाय,तामागं समुदायहरूले आफ्नो प्रस्तुतीहरू देखाउनु भएको थियो भने नेपाली पाठशाला बार्सिलोनाका साना साना नानिवावुहरू अतिथिहरूले नेपाली राष्ट्रियगित गाउनु भएको थियो।


कार्यक्रम
उद्घाटन लगतै पन्चैबाजा बजाउदै सयौको संख्यामा नेपाली विदेशिहरूले  नेपालको झन्डा, विभिन्न कला संस्कृति झल्कनेझाकी , भेषभुषा   ब्यानर  सहित साग्रदा फामिलियाको चर्च वरिपरि परिक्रमा गरेका थिए। यसै विच हनुमान बनेर नाचगानको प्रस्तुतिरहेको झाकीले बिदेशिहरूको  आखा निकै लोभ्याएको थियो।

नगर परिक्रमा पछि ख्याति प्राप्त लोक दोहोरी गायिका डिला बि.. लोक दोहोरी गायक पूर्ण अर्याल बिच दोहोरीको घम्सा घम्सी भएको थियो भने स्थानिय  कलाकालहरूको पनि वेजोड प्रस्तुती रहेको कार्यक्रममा करिव हजार पर्यटकहरूले अवलोकन गरेको नेपाली जनप्रगतिशील मंच स्पेनका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक अशोक किरण न्यौपानेले बताउनु भयो।

कार्यक्रममा सास्कृतिक कार्यक्रमको साथमा नेपाल पर्यटन बोर्डले तयार गरेका नेपाल सम्बन्धि प्रचार सामाग्रीहरू , भिजिट नेपाललेखेका टिसर्टहरू , पोस्टरहरू ,  नेपाली झन्डा , ढाका टोपी पनि स्टल बाट पर्यटकहरूलाई वितरण तथा जानकारीको लागि राखिएको  थियो भने नेपाली खानाका बिभिन्न परिकारहरू ( सेल रोटी, अचार , :, नेपाली चिया, नेपाली सामाग्रीहरू ) सहित नेपाली रेष्टुरेन्ट ममिज : को स्टल पनि राखिएको थियो।

विभिन्न समयमा नेपाल पर्यटन प्रवर्द्धन सम्बन्धि कार्यक्रमहरू  विभिन्न संघ संस्थाहरूले स्पेनमा गरिरहेता पनि बार्सिलोना नगर पालिकासंग सहकार्य गरेर खुल्ला रूपमा यति धेरै जनसहभागिता माझ भएको यो नै एैतिहासिक कार्यक्रम हो , जसको सम्पूर्ण संयोजन नेपाली जनप्रगतिशील मंच स्पेन बार्सिलोना नगरपालिकाको सांस्कृतिक विभागले गरेको थियो भने  कार्यक्रमको पर्बद्धक को रूपमा नेपालपर्यटन बोर्ड , नेपाली राजदुतावास म्याड्रिड स्पेनले गरेका थिए।

कार्यक्रमको संचालन लोकप्रिय उद्घोशक समि गुरुङ अर्जुन आचार्यले गर्नु भएको थियो।

तस्वीहरु : 

One thought on “नेपाली पन्चैबाजा र लोकदोहोरीले घन्कियो बार्सीलोना

  1. साच्चिकै आफ्नो माटो प्रतिको माया, जन्म दिने आमा …. अनि नेपाल आमा को माया गर्ने छोरा छोरी प्रदेशी भुमिमा प्रबेस गरेको पाए ,,आहा तेहा नेपाली भेष भुषामा सजिएका नेपाली आमा बाबा दाजुभाइ दिदिबहिनी बाबू नानिहरु…..जतिनै प्रमसम्सा गरेर र बर्णन गरेर नसकिने नेपाली पर्यट्न प्रबर्दन लाई छिट्टै सहयोग गर्ने कार्य गर्नु भएकोमा नेपाली जनप्रगतिशिल मन्च स्पेन लाई धेरै धेरै धन्यवाद फेरि भेट्ने हाम्रो माहोल बनोस्🙏🙏🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *