साईप्रस । महामहिम राजदूत कान्ता रिजालले गणतन्त्र साईप्रसका राष्ट्रपति H.E. Mr. Nikos Christodoulides समक्ष आफ्नो ओहदाको प्रमाणपत्र (Letters of Credence) पेश गर्नुभएको छ। राष्ट्रपति निवासमा आयोजित एक समारोहका बीच महामहिमले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो।
तत्पश्चात् महामहिमले गणतन्त्र साईप्रसका शिक्षामन्त्रीसँग भेटघाट गर्नुभयो।
उक्त भेट नेपालबाट साईप्रसमा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीको हितको विषयमा केन्द्रित थियो। वहाँले साईप्रसका श्रम सचिव सँग भेटघाट गरी साईप्रसमा कार्यरत नेपाली श्रमिकहरुको न्यूनतम तलब वृद्धि गर्ने तथा उपयुक्त कार्य वातावरण बनाउने विषयमा गम्भीर छलफल गर्नुभयो।
साथै, राजदूत रिजालले परराष्ट्र मन्त्रालयका कन्सुलर महाशाखा प्रमुख र नेपाल हेर्ने – एशिया महाशाखा प्रमुखसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गर्नुभयो।
उपरोक्त भेटका सिलसिलामा दुई देशबीच व्यापार र पर्यटन प्रवर्द्धनका साथै शैक्षिक एवं सांस्कृतिक क्षेत्रमा सहकार्य बढाउने विषयलाई कुराकानी भएको थियो।
PC — Ministry of Foreign Affairs Credentials Ceremony