साइप्रसमा तिहार बिशेष साङ्गीतिक कार्यक्रम

साइप्रस / प्रकाश बराइली । यहि आउँदो नोभेम्बर १२ तारिक साइप्रसको राजधानी निकोसियाको डाइमण्ड हलमा  बृहत् तिहार बिशेष साङ्गीतिक कार्यक्रम आयोजना भईरहेको छ ।

एस.एम. इन्टरटेन्मेण्ट र कोष इन्टरप्राइजेजको मुख्य आयोजकमा आयोजना भईरहेको कार्यक्रममा बहुचर्चित नेपाली गायक प्रमोद खरेलको मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुति रहनेछ साथै साइप्रसको स्थानिय नेपाली कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहनेछ ।

गत वर्ष दुई पटक सम्म प्रमोद खरेलको साइप्रस आगमनलाई स्वागत गर्न तयार रहेर बसेका साइप्रसवासी नेपालीहरुको पर्खाइ, चाहना र नेपाली चाडपर्वमा नेपालीपनमा छमछम नाच्ने दिन अब साइप्रसमा यहि आउँदो नोभेम्बर १२ तारिक आइसकेको आयोजक टिमले बताएको छ ।

साइप्रसमा विभिन्न नेपालीपन झल्काउने मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको एस.एम इन्टरटेण्टमेण्ट र कोष इन्टरप्राइजेजले साइप्रसमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्दै नेपाली नेपालीलाई एकतामा बाध्दै नेपाली गित सङ्गीत कला तथा कलाकारहरुलाई सम्मान गर्दै कार्यक्रम आयोजना गरेको आयोजक टिमले बताएको छ ।

२०८० सालको बिजय दशमी, शुभ-दिपावली तथा छट पर्वको अवसरमा साइप्रसवासी समस्त नेपाली समुदायलाई हार्दिक शुभकामना अर्पण गर्दै साइप्रसवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा आयोजक टिमले हार्दिक अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *