Home Login

एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधनप्रति नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा कडा निन्दा (विज्ञप्ति सहित) काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै शुक्रबार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधन भएको घटना प्रति नेपाल पत्रकार महासंघ युरोप शाखाले गम्भीर ध्यानाकर्षण सहित अध्यक्ष केजिन राईको हस्ताक्षरमा प्रेस विज्ञप्ति सार्वजनिक गरेको […]

बेलायत (रासस) — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएकोप्रति नेकपा माओवादी केन्द्र निकट प्रवास समिति नेपाली जनप्रगतिशील मञ्च, बेलायतले आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मञ्चले सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको हो । ‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङको बर्खास्तप्रति नेपाली जनप्रगतिशील मञ्च बेलायत गम्भीर चिन्ता […]

भारत —  युक्रेन विरुद्धको जारी युद्धमा रुसी सेनाको लागि लड्दा पक्राउ परेका सात नेपाली नागरिकलाई रिहा गर्न नेपालले युक्रेनी अधिकारीहरूलाई आग्रह गरेको छ। यी व्यक्तिहरूलाई रुसले भर्ती गरेको र युद्धभूमिमा तैनाथ गरिएको बताइएको छ, जहाँ उनीहरूलाई पछि युक्रेनी सेनाले बन्दी बनाएको थियो। नेपालका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँ दिल्लीमा युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहासँग […]

पेरिस — क्यानाडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी आफ्नो पहिलो विदेश भ्रमण अन्तर्गत फ्रान्स पुगेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार क्यानडाली प्रधानमन्त्री कार्नीलाई एलिसी दरबारमा स्वागत गरेका हुन् । दुवै नेताहरूले युक्रेन युद्ध, द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नेछन्। उनीहरूको वार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिनेछ।

पोर्चुगल — लिस्बनस्थित नेपाली राजदूतावासले कन्सुलर सेवा छिट्टै सुरु गर्ने तयारी गरिरहेको छ। विभिन्न सामाजिक सञ्जालमा दूतावास सम्बन्धी नकारात्मक टिप्पणीहरू आइरहँदा आइतबार दूतावासले एक सूचना सार्वजनिक गर्दै ध्यानाकर्षण समेत गराएको हो। दूतावासको अनुसार, सेवा सञ्चालन नभएसम्म पेरिसस्थित नेपाली राजदूतावासबाट सेवा लिन समेत अनुरोध गरिएको छ। यसैबीच, घुम्ती कन्सुलर सेवामा तयार भई बितरण गर्न बाँकी भएका […]

युएई — तामाङ समुदाय नेपालका आदिवासी जनजातिहरूमध्ये एक प्रमुख समुदाय हो। यो समुदायको आफ्नै भाषा, संस्कृति, परम्परा र पहिचान रहेको छ। नेपालमा लामो समयसम्म राजतन्त्रले शासन गरेको भए तापनि तामाङ समुदायलगायतका धेरै आदिवासी जनजातिहरूले उपेक्षा र विभेदको सामना गर्नुपरेको इतिहास छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मात्रै तामाङ समुदायको राजनीतिक, सांस्कृतिक र सामाजिक अस्तित्वको पहिचान स्थापित […]

लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) का ४६ राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुले दुइ ओटा छुट्टाछुट्टै महाधिवेशन आयोजना गरिंदा संघ औपचारिक रुपमै विभाजित हुन सक्ने खतरा देखिए पछि  एकताको बृहत्  रोडम्याप प्रस्तुत गरेका छन् ।   उनीहरुले एकताको पहल स्वरुप बद्री केसी पक्षलाई काठमाडौँ बालुवाटारस्थित संघको केन्द्रिय सचिवालय तत्काल उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न आह्वान […]

पोर्चुगल । गत वर्ष २०२४ मार्चमा बनेको सरकार सोसियल डेमोक्रेटिक पार्टी PSD का नेता लुइस मोन्टेनेग्रो नेतृत्वको सरकार संसदमा मंगलबार ११ मार्चमा भएको मतदान विश्वास मत नपाए संगै ढलेको छ । गणतन्त्र पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको सरकारलाई  संसदमा उनको पार्टी PSD र केही साना पार्टीहरु CDS-PP, र IL ले मत दिए पनि बहुमतका लागि आवश्यक […]

राजसंस्थाको पक्षमा वकालत गर्दै राजा श्री ५ महाराजाधिराज भनी सम्बोधन गरि गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यलाई समर्थन गर्दै ऐक्यवद्धता प्रकट गरेको आरोप लागेको पोर्चुगलका लागि नियुक्त पर्यटन दूत रमेशराज वास्तोलालाई नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडेयायन मन्त्रालयले २४ घण्टाभित्र स्पष्टिकरण दिन आदेश दिएको थियो। एक वर्षअघि मात्रै नेपाल सरकारले […]

बेलायत । दुई साताको भ्रमणका लागि नेकपा (एमाले) को प्रतिनिधिसभा सांसद मनबहादुर गुरुङ बेलायत आइपुग्नुभएको छ । कास्की क्षेत्र नं १ बाट निर्वाचित सांसद गुरुङ पारिवारिक र राजनीतिक भेटघाटका लागि शनिबार हिथ्रो एयरपोर्ट आइपुग्नुभएको हो । सांसद गुरुङको साथमा पत्नी खिमकुमारी गुरुङ र जेठी छोरी रोशनी गुरुङ पनि हुनुहुन्छ । उहाँहरुलाई हिथ्रो एयरपोर्टमा बेलायतका सक्रिय […]