पोर्चुगल ।
गत वर्ष २०२४ मार्चमा बनेको सरकार सोसियल डेमोक्रेटिक पार्टी PSD का नेता लुइस मोन्टेनेग्रो नेतृत्वको सरकार संसदमा मंगलबार ११ मार्चमा भएको मतदान विश्वास मत नपाए संगै ढलेको छ ।
गणतन्त्र पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको सरकारलाई संसदमा उनको पार्टी PSD र केही साना पार्टीहरु CDS-PP, र IL ले मत दिए पनि बहुमतका लागि आवश्यक संख्या नपुगे पछि सरकार ढलेको हो ।
प्रधानमन्त्री मोन्टेनेग्रो विरुद्ध प्रमुख प्रतिपक्षी सोसलिस्ट पार्टी PS लगायत Chega, PAN, PCP, BE, र Livre ले मतदान गरेका थिए । प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ८८ र विपक्षमा १४२ मत परेको थियो ।
यो घटना संगै पोर्चुगलमा राजनैतिक संकट चुलिएको छ । एक बर्ष अघि भएको आम चुनावमा कुनै पनि पार्टीले सरकार बनाउनका लागि संसदमा आवश्यक बहुमत ल्याउन सकेका थिएनन् । यहाँ तीन बर्षमा तीन पटक संसदीय चुनाव हुने स्थित बनेको छ ।२३० सदस्यीय पोर्चुगलको संसदमा बहुमतका लागि १ सय १६ सीट आवश्यक पर्छ। अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी PSD संग ७८ सीट मात्र थियो। उसले अन्य पार्टीहरुको समर्थनमा सरकार बनाएको थियो ।
पोर्चुगलको संविधान बमोजिम सरकारले विश्वासको मत पाउन नसकेपछि आम चुनाव गराउनु पर्ने वा संसदमा बहुमत सिद्ध गर्न सक्ने अन्य कुनै पार्टीलाई राष्ट्रपतिले सरकार बनाउन आमन्त्रण गर्नुपर्ने हुन्छ तर, पोर्चुगलमा देखिएको राजनीतिक खिचातानीले कुनै पनि पार्टीले बहुमत पुर्याउने सम्भावना न्यून देखिएको छ ।
गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सौसाले सम्भवत संसद विघटन गरी नयाँ संसदीय चुनावको मिति छिट्टै घोषणा गर्ने अपेक्षा गरिएको छ। संवैधानिक प्रावधान अनुसार, संसद विघटनपछि ५५ देखि ६० दिनभित्र नयाँ चुनाव गरिनुपर्छ। यस आधारमा आगामी चुनावको सम्भावित मिति मे ११ देखि १३ तारिख भित्र हुनसक्छ ।
राष्ट्रपतिले राजनीतिक दलहरूसँग परामर्श सुरु गरिसकेका छन् र निकट भविष्यमा चुनावको मिति घोषणा हुने सम्भावना छ ।
Leave a Reply