Home Login
प्रवास

वास्तोलाको स्पष्टिकरण ‘तिम्रो पद तिमिसंगै राख’

राजसंस्थाको पक्षमा वकालत गर्दै राजा श्री ५ महाराजाधिराज भनी सम्बोधन गरि गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यलाई समर्थन गर्दै ऐक्यवद्धता प्रकट गरेको आरोप लागेको पोर्चुगलका लागि नियुक्त पर्यटन दूत रमेशराज वास्तोलालाई नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडेयायन मन्त्रालयले २४ घण्टाभित्र स्पष्टिकरण दिन आदेश दिएको थियो।

एक वर्षअघि मात्रै नेपाल सरकारले पोर्चुगलका लागि पर्यटन दूतको रुपमा नियुक्त भएका वास्तोलालाई नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडेयायन मन्त्रालयले २४ घण्टाभित्र स्पष्टिकरण दिन आदेश दिए पछि वास्तोलाले आदेश दिएको ५ मिनेटमा आफ्नो विचार सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका छन्।

(पर्यटन दूत रमेशराज वास्तोलालाई नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडेयायन मन्त्रालयले २४ घण्टाभित्र स्पष्टिकरण दिन आदेश दिएको पत्र)

उनले फेसबुकमा लेख्दै भनेका छन्, “म राजतन्त्रको पक्षधर हुँ। म देशमा राजसंस्थाको पुनर्स्थापनाको समर्थन गर्छु। यदि तपाईँहरूलाई यसमा आपत्ति छ भने, मेरो पद तपाईँहरूसँग नै राख्नुस्। जुन दिन देशमा पुनः राजतन्त्र आउँछ, त्यसबेला म जिम्मेवारी लिन तयार हुनेछु। तपाईँहरूको भ्रष्ट सरकारमा यो कागजी पदमा बसेर मलाई कुनै रुचि छैन। मेरो स्पष्टिकरण यही हो।

वास्तोलाले आफ्नो राजतन्त्रप्रतिको धारणा स्पष्ट गर्दै सरकारप्रति कडा असन्तोष व्यक्त गरेका हुन्। उनले वर्तमान सरकारलाई ‘भ्रष्ट’ भनेर उल्लेख गर्दै आफूलाई ‘कागजी’ पदमा रुचि नभएको बताए। मन्त्रालयले दिएको आदेशसँग असहमत हुँदै उनले उक्त पद तत्काल फिर्ता गर्न तयार रहेको संकेत गरेका छन्।

यो पदको लागि मैले एक रुपैया पनि लिएको छैन, बरु उल्टो मैले आफैले खर्च गरेर पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेलेको आफ्नो व्यक्तिगत खर्चबाट देशको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने काम गरेको वास्तोलाले बताए। 

(राजसंस्थाको पक्षमा वकालत गर्दै राजा श्री ५ महाराजाधिराज भनी सम्बोधन गरि पोर्चुगलका लागि नियुक्त पर्यटन दूत रमेशराज वास्तोलाले लेखेको पत्र)

Leave a Reply