Home Login

आयरल्याण्ड । लन्डनस्थित नेपाली दूतावासले अप्रिल अन्तिम साता आयरल्याण्डमा राहदानी सेवासहित कन्सुलर शिविर गर्ने भएको छ । ३० अप्रिल, २०२५ बुधबार आयरल्याण्डको पार्नेल स्क्वायर वेष्ट डब्लिनस्थित टिचर्स क्लवमा बिहान १० देखि अपरान्ह ५ बजेसम्म घुम्ती शिविर हुन लागेको हो । उक्त घुम्ती शिविर गैर आवासीय नेपाली संघ आयरल्याण्ड को सहकार्यमा हुने भएको हो । दूतावासले […]

इटाली —  युरोपेली संघ (ईयू) ले बुधबार सातवटा देशलाई ‘सुरक्षित मुलुक’ को सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको छ । युरोपेली आयोगले कोसोभो, बंगलादेश, कोलम्बिया, इजिप्ट, भारत, मोरोक्को र ट्युनिसियालाई सुरक्षित मुलुकको सूचीमा राख्ने प्रस्ताव अघि सारेको हो । आयोगका आप्रवासन आयुक्त म्याग्नस ब्रुनरले भने, ‘धेरै राष्ट्रहरूमा शरणका लागि आएका निवेदनहरू थुप्रिएको अवस्थामा […]

काठमाडौं — नेपालस्थित अमेरिकी दूतावास काठमाडौंले भिसा आवेदकका लागि अपोइन्टमेन्ट प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन नयाँ नियम अप्रिल २८ देखि लागू गर्ने जनाएको छ । २०८२ वैशाख १२ अर्थात अप्रिल २८ देखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेशन र एएबाट सुरु हुने बारकोड नम्बर सहितको डीएस–१६० भिसा आवेदन फारम साथमा लिएर अन्र्तवार्तामा जानु पर्ने नयाँ नियम […]

काठमाण्डौ । नव वर्ष २०८२ को अवसरमा ग्लोरी मिडिया र न्यूजलाईन्स मिडियाको संयुक्त आयोजनामा आयोजित विशेष कार्यक्रममा अग्रज प्रवासी नेपाली सेफहरूलाई “ग्लोबल स्टार अवार्ड” बाट सम्मानित गरिएको छ। नेपाली पाककला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान तथा सम्मानका लागि आयोजित उक्त कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत नेपाली सेफहरूलाई सम्मान गरियो। सम्मानित हुने सेफहरूमा क्यानडामा रहेका सेफ ज्ञानेन्द्र बञ्जारा […]

माल्टा — युरोपेली मुलुक माल्टाको राजधानी भ्यालेटामा नयाँ वर्ष २०८२ सालको अवसरमा पारेर सोमबार विभिन्न कार्यक्रमसहित ‘नेपाली डे–२०२५’ मनाइएको छ । नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ नेपाली समुदायका प्रतिनिधिहरू कार्यक्रममा सहभागी मात्रै भएनन् नेपाल र नेपालका पर्यटकीय गन्तव्य र महत्वबारे माल्टाबासीलाई जानकारी गराउने प्रयास समेत […]

जापान — जापानको अध्यागमनले ८ नेपालीलाई देश निकाला गरेको छ । लामो समयदेखि गैरकानुनी रूपमा जापानमा बस्दै आएका उनीहरूलाई अध्यागमन मार्फत निष्कासन गरिएको बताइएको छ । जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा पर्नेमा सुनार, गुरुङ, मगर, पुलामी, जबेगु, खत्री र दुई जना ढकाल थरका रहेको स्रोतले बताएको छ । उनीहरूलाई थाइ एयरलायन्स र थाइ […]

पोर्चुगल — सबैभन्दा प्रभावशाली देशहरू मध्ये संयुक्त राज्य अमेरिका पहिलो स्थान र १३औं स्थानमा युरोपको स्पेन रहेको छ । बिहीबार सार्वजनिक विश्व रिपोर्टका अनुसार, चीनलाई दोस्रो स्थानमा राखेको छ भने बेलायतलाई तेस्रो, जर्मनीलाई चौथो, फ्रान्सलाई पाँचौं र रूसलाई छैटौं स्थानमा राखेको छ । त्यस्तै जापान सातौं स्थानमा, युएईलाई आठौं स्थानमा राखेको छ । त्यस्तै लगातार […]

काठमाडौं — चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिना (साउनदेखि फागुन) सम्म मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब १० अर्बले धेरै भएको छ। २०८०/८१ को आठ महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब २७ अर्बले धेरै थियो। मुलुकले गर्ने आम्दानी, विदेशी सहायता प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो […]

डेनमार्क — डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले आफ्नो ओहोदाको प्रमाणपत्र राजालाई बुझाएकी छिन् । डेनमार्कका राजा फ्रेरिक आन्द्रे हेनरिक कृस्चियनलाई तुलाधरले मंगलवार प्रमाणपत्र बुझाएकी हुन् । कृस्चियन्सबोर्ग दरबार कोपनहेगनमा ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत तुलाधरले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाएकी थिइन भने राजाले सन २०१५ मा भूकम्पपछिको नेपाल भ्रमण स्मरण गरेको राजदूतावासले जानकारी दिएको छ […]

रुपन्देही — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनको माग गर्दै रुपन्देहीका उद्यमी र व्यवसायी समुदायले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सिद्धार्थ नेटवर्क रुपन्देही र रूपन्देही चेम्बर अफ कमर्सले आफ्नो माग पूरा गराउन दबाब दिन चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेका छन्। उद्योगीहरूले गौतम बुद्ध […]