Home Login
राष्ट्रिय

पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।।

ललितपुर — नेवास्साधना कला केन्द्रव्दारा आयोजित बृहत् सम्मान कार्यक्रममा निरन्तर ५५ बर्ष लामो कला यात्रामा पहिलो पटक अभिनयका महारथी विभूषण  र नगद ५० हजार सहित लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ युगीन कलाकार तथा निर्देशक पवन जोशीलाई प्रदान गरिएको छ ।

जोशीले पाएको नगद ५० हजार राशी आयोजक नेवास्साधना कला केन्द्रका अध्यक्ष  बागमती भाइलाई नै संस्थाको वृति विकासको सहयोगार्थ हस्तान्तरण गरेर थप उदाहरणिय युगीन कार्य पवन जोशीवाट भएको छ ।

साथमा सोही समारोहमा नगरपिता सम्मान ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई प्रदान गरिएको थियो । त्यस्तै, नेवाः तारा सम्मान नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी, नेवाः सूर्य सम्मान  काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा सरकार प्रमुख न्हुछेकाजी महर्जनलाई दिइएको थियो ।

त्यस लगायत विभिन्न विधामा विभिन्न मान(पदवी र सम्मान प्रदान गरिएको जानकारी आयोजक नेवाःसाधना कला केन्द्रका अध्यक्ष बागमती भाइले दिएका छन् ।

Leave a Reply