अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन वटा आणविक साइटमा अमेरिकाले आक्रमण गरेको बताएका छन् । अमेरिकाले फोर्डो, नतांज र इस्फहान साइटमा आक्रमण गरेको उनको दाबी छ ।
‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नतांज र इस्फहानमा अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं । सबै विमानहरू अहिले इरानको हवाई क्षेत्रमा छैनन्’, उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् । उनका अनुसार फोर्डोमा पूर्ण बम लोड खसालिएको छ र सबै विमान अमेरिका फर्किने क्रममा छन् ।
यसैबीच, राष्ट्रपति ट्रम्पले इरानका आणविक साइटमा गरिएको हमलापछि ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् ।