Home Login

पोर्चुगल — किरात याक्थुङ चुम्लुङ पोर्चुगलले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । लिम्बुहरुको महान चाड चासोक तङ्नाम ५०८५ को पावन अवसर पारेर आगामी डिसेम्बर ८ सोमबारका दिन लिस्बोन स्थित सिटि वोकमुन्दोमा कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रममा चर्चित गायक नरेश तुम्बाहाम्फे (फुर्के लाहुरे) को साथमा समधुर स्वरकी धनी गायिका मिजिरा सम्बाहाम्फेको […]

पोर्चुगल — तामाङ समाज पोर्चुगलको ८ औं अधिवेशन पोर्चुगलको राजधानी लिस्बनमा आइतबार सम्पन्न भएको छ । अधिवेशन उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगर थिए भने कार्यक्रममा पोर्चुगलस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । उद्घाटन कार्यक्रम समाजका अध्यक्ष गोपाल योन्जनको सभापतित्व र संचालन महासचिव कुमारसिंह बल […]

पोर्चुगल (लिस्बन) — प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र पहिचानको संरक्षणमा सक्रिय तामाङ समाज पोर्चुगलको आठौं अधिवेशन यही नोभेम्बर २३ तारिख, आइतबारका दिन राजधानी लिस्बनमा भव्यताका साथ सम्पन्न हुने भएको छ । समाजले आफ्नो स्थापनाकाल देखि नै पोर्चुगलमा रहेका तामाङ समुदायलाई एकजुट गराउँदै विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिहरु गर्दै आइरहेको छ । यसपटकको […]

लिमासोल — साइप्रसमा सक्रिय विभिन्न जातीय नेपाली संघ–संस्थाहरूले कुनै पनि सांस्कृतिक कार्यक्रम घोषणा  गर्नुअघि सम्बन्धित जातीय संस्थासँग सल्लाह–समन्वय गर्न समुदायका सबैलाई आग्रह गरेका छन् । संस्थाहरूले मौलिक पर्वको दिन वा त्यसको आसपास  प्रतिस्पर्धी कार्यक्रम नराख्न विशेष अनुरोध गर्दै समुदायको एकता र सांस्कृतिक समन्वयलाई कमजोर नपार्न सचेत गराएका छन् । नेपाल तामाङ घेदुङ साइप्रससहित सात संस्थाले […]

बाग्लुङ — “मानवताको मन्दिर निर्माण” भन्ने पवित्र भावनालाई आत्मसात गर्दै मानव सेवा आश्रम, बाग्लुङ शाखाले सञ्चालन गरिरहेको भवन निर्माण अभियानलाई बाग्लुङ समाज बेल्जियमले उल्लेखनीय आर्थिक सहयोग प्रदान गरेको छ । असहाय, अपाङ्ग, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा असक्त र सडकमा आश्रित नागरिकहरूलाई भोजन, वस्त्र र आवाससहित सम्मानजनक जीवन प्रदान गर्ने उद्देश्यसहित आश्रमले बाग्लुङमा श्रीमद् […]

पोर्चुगल — ‘सडक मानवमुक्त समाज — सबैका लागि परिवार’ भन्ने पवित्र नारालाई आत्मसात गर्दै मानव सेवा आश्रम, बाग्लुङ शाखाले सञ्चालन गरिरहेको भवन निर्माण अभियानलाई मालिका सेवा समाज, पोर्चुगलले सहयोग प्रदान गरेको छ । असहाय, अनाथ तथा अशक्त व्यक्तिहरूलाई माया, सुरक्षा र सम्मानजनक जीवन उपलब्ध गराउने उदात्त उद्देश्यसहित आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ मा सहकार्य […]

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ”भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।अधिवेशन युवा शक्ति कुवेतका अध्यक्ष महेस लामाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली दूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने भातृ–संगठनका प्रतिनिधिहरू विशेष अतिथि तथा  मिडियाकर्मी तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति […]

पोर्चुगल — रोजगारको शिलसिलामा पोर्चुगलमा रहँदै आएका म्याग्दीका एक युवक विगत तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । म्याग्दीको मालिका गाउँपालिका, वडा नं. ०५ निवासी चरन घर्ती मगर पोर्चुगलको राजधानी लिस्वनबाट सम्पर्कविहीन हुनुभएको हो । प्राप्त जानकारी अनुसार, चरन घर्ती मगर पछिल्लो समय पोर्चुगलको पोन्ता देलगादा भन्ने ठाउँमा आफ्नै बुवा चन्द्र बहादुर घर्ती मगरसँगै बस्दै र […]

साइप्रस (लिमासोल) — युरोपेली मुलुक साइप्रसलाई कर्मथलो बनाइरहेका नेपाली युवाहरूद्वारा सञ्चालित गडग्रेस फुटबल क्लबले एक भव्य सांगीतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । साइप्रसको सुन्दर सहर पारालिम्निमा सक्रिय रहेको उक्त क्लबले नोभेम्बर ९ तारिख आइतबारका दिन लिमासोलस्थित नियो फियस्ता बेनक्विट हलमा “म्युजिक फेस्टिवल साँझ” आयोजना गरेको हो । विगत केही वर्षदेखि साइप्रसमा रहेका नेपालीहरूमाझ खेलकुदमार्फत […]

इजरायल — नेपाल तामाङ घेदुङ इजरायलको १५ औं वार्षिकोत्सव तथा ११ औं अधिवेशन यहि नोभेम्बर १४ तारिखमा हुने भएको छ । “तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपि,संकार र संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं, ताम्सालिङ प्राप्तिको लागी एकजुट हौऔ ।” भन्ने मुल नारा सहित कार्यक्रम हुन लागेको हो । वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रम इजरायलको तेलअभिव स्थित […]