Home Login

लन्डन —  चर्चित गायक दुर्गेश थापा ‘दुश्मन हेरेको हेर्‍यै’ यात्रामा बेलायत आउने भएका छन् ।  सोल्टी ईभेन्टस ईन्टरटेन्मेन्टले आगामी सेप्टेम्बर १३ मा आयोजना गर्ने कार्यक्रममा थापा बेलाउन  बेलायत आउन लागेका हुन् । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुनेछ । समय बेलुकी ५ बजेलाई निर्धारण गरिएक छ ।  कार्यक्रममा लोकप्रिय गायिका प्रिया गुरूङ, चर्चित मोडल डान्सर आरूषी […]

लन्डन —  नेपालको विश्वप्रसिद्ध लोक-रक ब्यान्ड नेपथ्यले लन्डनको प्रतिष्ठित ओभीओ एरिना वेम्बलीमा १२ हजारभन्दा बढी दर्शकको विशाल जनसागरलाई आफ्नो संगीतमा झुमाउँदै एक अविस्मरणीय प्रस्तुति दिएको छ । शनिबार साँझ आयोजित उक्त कन्सर्टले नेपाली संगीतको इतिहासमा अर्को एक सुनौलो अध्याय थपेको छ । सन् २०१३ मा पहिलो पटक यसै ऐतिहासिक मञ्चमा भव्य कन्सर्ट गरेर कीर्तिमान बनाएको […]

पोर्चुगल — लिस्बन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने कम्पनी मेन्जिजका कर्मचारीहरूले गरेको हडतालका कारण शनिबार, अगस्ट ९, बिहान १० बजेसम्म १४ वटा उडान रद्द भएका छन् । शनिबार बिहान सुरु भएको यो हडताल सोमबारसम्म जारी रहने तालिका रहेको छ, जसका कारण थप उडानहरू प्रभावित हुने देखिएको छ । पोर्चुगलको राष्ट्रिय समाचार एजेन्सी ‘लुसा’ ले […]

ओस्लो, नर्वे —  हिन्दूहरूको पवित्र पर्व जनै पूर्णिमा तथा रक्षा बन्धन नर्वेमा विशेष उल्लास र धार्मिक निष्ठाका साथ सम्पन्न भएको छ । नर्वेको राजधानी ओस्लो नजिकै Dr. Dedichens vei 23, 0673 Oslo स्थित हलमा आयोजित एक भव्य कार्यक्रमका बीच नेपाली हिन्दू समुदायले यो पर्व मनाएका हुन् । यसै शुभ अवसरमा नर्वेमा पशुपतिनाथ मन्दिर स्थापनाको शुभमुहूर्त […]

पोर्चुगल — पोर्चुगलका प्रमुख विमानस्थलहरूमा ग्राउन्ड ह्यान्डलिंग कर्मचारीहरूले गरेको हडतालका कारण यो सप्ताहन्त र अगस्ट महिनाभरि यात्रा गर्ने यात्रुहरूले उडानमा ढिलाइ र सम्भावित रद्दको सामना गर्नुपर्ने भएको छ । तलब वृद्धि र राम्रो काम गर्ने वातावरणको माग गर्दै कर्मचारीहरूले श्रृंखलाबद्ध रूपमा सप्ताहन्तमा हडतालको घोषणा गरेका हुन् । हडतालको आयोजना मेटलर्जिकल इन्डस्ट्रिज एण्ड एलाइड इन्डस्ट्रिज युनियन […]

पोर्चुगल — आउँदै गरेको हरितालिका तीजको अवसरमा पोर्चुगलमा बसोबास गर्ने लमजुङवासीहरूले एक विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् । लमजुङ्गे चेलीबेटीहरूलाई दर खुवाउने तथा विशेष सांगीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । आफ्नो मौलिक संस्कृति र परम्परालाई विदेशमा पनि जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा पोर्चुगलमा रहनुहुने सम्पूर्ण लमजुङवासी […]

माल्टा —  नेपाली लोकदोहोरी क्षेत्रकी प्रख्यात गायिका शान्ति श्री परियार, हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा युरोपका विभिन्न देशमा आफ्नो सांगीतिक प्रस्तुति दिन युरोप आउने भएकी छिन् । उनको यो पहिलो युरोपेली सांगीतिक यात्रा माल्टाको राजधानी भ्यालेटाबाट अगस्ट ९ तारिखमा सुरु हुने भएको छ । “नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया […]

काठमाडौँ —  सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो । सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको विभागले जनाएको […]

पोर्चुगल — हमाल म्युजिक प्रा. लि.को गौरवमय प्रस्तुतिमा एक नयाँ नेपाली भजन “ब्रम्हा विष्णु महेश्वर” सार्वजनिक भएको छ । उक्त गीत हमाल म्युजिकको आधिकारिक युट्युब च्यानल मार्फत दर्शक तथा श्रोतामाझ ल्याइएको हो । चर्चित गीतकार शिब हमालको शब्दमा तयार भएको यस भजनमा गोविन्द पंगेनीले लय भरेका छन् । भजनमा गोविन्द पंगेनी र लोकप्रिय गायिका समीक्षा […]

म्याड्रिड, स्पेन — युरोपको सबैभन्दा ठूलो बजेट एयरलाइन, रायनएयरका लागि म्याड्रिड-बाराजास एयरपोर्टमा ह्यान्डलिंग सेवाहरू प्रदान गर्ने कामदारहरूले वर्षको अन्त्यसम्ममा २२ दिनको हडतालको घोषणा गरेका छन् । यो घोषणाले यात्रुहरूमाझ ठूलो चिन्ता उत्पन्न गरेको छ र सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ । हडतालले विशेष गरी सप्ताहन्त र छुट्टीका दिनहरूमा असर पार्ने हुँदा हजारौं यात्रुहरूको […]