लिस्बन (पोर्चुगल) — विगतमा एकपछि अर्को सफल कार्यक्रमहरू सम्पन्न गर्दै समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था ‘लिमिटलेस’ ले पोर्चुगलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर भव्य कार्यक्रम ‘ठमेल नाइट’ आयोजना गर्ने भएको छ । परदेशमा रहेर पनि नेपाली उत्सवको झझल्को दिने र आपसमा खुसी साटासाट गर्ने उद्देश्यले आउँदो डिसेम्बर ३१ तारिखका दिन यो विशेष डीजे सेसनसहितको कार्यक्रम हुन लागेको हो ।
नयाँ वर्षको पूर्वसन्ध्यालाई उल्लासमय र यादगार बनाउन आयोजकले पोर्चुगलमै अहिलेसम्मकै फरक र विशेष शैलीमा यो कार्यक्रम प्रस्तुत गर्ने तयारी तीव्र पारेको छ ।
‘ठमेल नाइट’ नाम दिइएको यस कार्यक्रममा सहभागीहरूलाई भरपुर मनोरन्जन प्रदान गर्नका लागि चर्चित डीजेहरू बिहान मल्ल ठकुरी (DJ Bihan) र आकाश लामा (DJ Sky) ले विशेष प्रस्तुति दिनेछन् । उनीहरूको उत्कृष्ट सांगीतिक संयोजन र रिदममा रातभर झुम्दै नयाँ वर्षको स्वागत गर्न सकिने आयोजक संस्थाले जनाएको छ ।
यो विशेष कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित ‘हट क्लब’ को टप फ्लोरमा आयोजना गरिनेछ । अङ्ग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको यो सांगीतिक माहोल डिसेम्बर ३१ को बेलुकी ११ बजेदेखि सुरु भई भोलिपल्ट बिहान ६ बजेसम्म निरन्तर चल्नेछ । लिमिटलेसको यो तेस्रो आधिकारिक प्रस्तुति हो । विगतका कार्यक्रमहरूको सफलता र अनुभवलाई बटुल्दै यस पटकको कार्यक्रमलाई अझ भव्य, सभ्य र व्यवस्थित बनाइने आयोजकले दाबी गरेको छ ।
सहभागीहरूको सहजताका लागि आयोजकले टिकटलाई दुई श्रेणीमा विभाजन गरेको छ। जसअन्तर्गत सामान्य टिकटको मूल्य १५ युरो तोकिएको छ भने विशेष सुविधासहितको भिआइपी टिकटको मूल्य ३० युरो कायम गरिएको छ । भिआइपी टिकट खरिद गर्ने पाहुनाहरूका लागि ‘वेलकम ड्रिङ्क’ को समेत विशेष व्यवस्था गरिएको छ ।
पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस ऐतिहासिक ‘ठमेल नाइट’ मा सहभागी भई कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पारिदिन आयोजक लिमिटलेसले विशेष आग्रह गरेको छ । कार्यक्रमको बारेमा थप विस्तृत जानकारी लिन वा टिकट सुरक्षित गर्नका लागि आयोजकको सम्पर्क नम्बर +351-920532976 मा सिधै सम्पर्क गर्न सकिनेछ ।






