Home Login

जर्मनी — जर्मनीको म्याग्डेबर्गमा क्रिसमस बजारमा शुक्रबार कारले दुर्घटना निम्त्याएको थियो । उक्त दुर्घटना भएपछि चालकलाई प्रहरीले गिरफ्तार गरेको छ। उक्त घटनामा एक बालक सहित कम्तिमा दुई जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। साउदी अरबका ५० वर्षीय एक पुरुषलाई उक्त घटना  निम्त्याएको कारणले घटनास्थलमै पक्राउ गरिएको थियो। प्रहरीहरूले […]

लिस्वान — डिसेम्बर १२ तारिख देखि चलिरहेको पोर्चुगलको राजधानी लिस्वानमा राहदानी (ई-पासपोर्ट) वितरणको कार्य अब डिसेम्बर २१ सम्म चल्ने भएको छ। फ्रान्सका लागि राजदूत सुधीर भट्टराईको टोलीले राहदानी (ई-पासपोर्ट) वितरण सँग-सँगै यही पुष ३ देखि ६ गते सम्म (तदनुसार डिसेम्बर १८ देखि २१ गते सम्म) बिहानको ९ बजेदेखि बेलुकी ५ बजेसम्म अधिकृत वारेसनामा बाहेक अन्य […]

रासस  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) इजरायलद्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरे प्रथम भएकी छिन्। शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै घिमिरेले रु २ लाख नगद पुरस्कार प्राप्त गरेकी हुन् । यस्तै पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै रु एक लाख पुरस्कार प्राप्त गर्नुभयो भने तेस्रो स्थान […]

माल्टा — राहदानी लगायतका कागजात सम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन माल्टामा शनिवार देखि घुम्ती सेवा शिविर सञ्चालन भएको छ । शनिबार देखि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको कार्यालयमा सुरु भएको घुम्ती सेवा शिविरको दुई दिनमा राहदानी र कन्सुलर सेवा गरि ३ सय ९० जना नेपालीले सेवा लिएको छन्। स्पेनमा […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । हाल विमानस्थल १० घण्टासम्म बन्द हुँदै आए पनि आगामी १५ माघदेखि बन्द समय घटाएर ८ घण्टा मात्र कायम गरिने छ । वर्तमान अवस्थामा विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुँदै आएको छ । नयाँ तालिका अनुसार १५ माघबाट बिहान […]

मेटा कम्पनी अन्तर्गतका सामाजिक तथा सन्देशमुलक प्लेटफर्महरुको डाउन भएको सर्भर खुल्न थालेको छ ।बुधबार ८ बजे तिरबाट उक्त समस्या देखिन थालेको हो । मेटा कम्पनी अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत विश्वभरका फेसबुक प्रयोगकर्ताहरुले  हैरानी ब्यहोरेका थिए ।  अन्तराष्ट्रिय संचार माध्यमका अनुसार, मेटा कम्पनीका साइटहरु डाउन हुँदा तनाव भएको थियो । मेटा कम्पनीले भनेको छ, केही प्राविधिक […]

पोर्चुगल । एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले फेरि चर्चित गायक स्वप्न सुमनको साथमा पोर्चुगलको राजधानी लिस्बनमा पहिलो पटक लाइभ कन्सर्ट गर्ने भएको छ। क्रिसमसलाई मध्यनजर गर्दै डिसेम्बर २४ तारिखका दिन राजधानी लिस्बनमा रहेको Lisboa Ao Vivo मा उक्त लाइभ कन्सर्ट हुने भएको हो। रोजगारीको शिलशिलामा पोर्चुगलमा रहेका नेपालीहरुलाई सांगीतिक […]

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएका छन् । गत मङ्सिर १२ गते, बुधबार, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजनमार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो । प्रत्यक्ष प्रसारण मार्फत डिजिटल गोलाप्रथाको मध्यमबाट […]

अक्टोबर २८ ,सोमबार —  अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गतको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द गरेको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै एन्फाले दशरथ रंगशाला त्रिपुरेश्वरमा हुन गइरहेको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी […]

पोर्चुगल— नेपाली गीत संगीत स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै मात्रामा रमाउने,गाउने र नाच्ने पाइन्छ। उसो त नेपाली गीत संगीत भन्ने बित्तिकै हामी नेपालीहरूमा रगत रगतमा बगिरहेको छ भन्दा फरक नपर्ला, चाहे गोठालो जाँदा होस् चाहे काममा जाँदा होस् चाहे बसमा यात्रा गर्दा होस् हामी जतिबेला जहाँ जाँदा पनि हाम्रो मुखमा नेपाली गीत-संगीत झुन्डिरहेको हुन्छ। […]