(शुक्रबार २१ फेब्रुअरी देखि सञ्चालन भयो पोर्चुगलमा राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर)
पोर्चुगल — रोजगारी तथा अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास पेरिस र नेपाली रजदूतावास लिस्वनले राजधानी लिस्वनमा २१ फेब्रुअरी शुक्रबारबाट राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर सञ्चालन गरेको छ।
फागुन ९ देखि १४ गतेसम्म अर्थात् २१ फेब्रुअरी देखि २६ फेब्रुअरी सम्म नेपाली राहदानी तथा कागजात घुम्तिसेवा दिने भएको नेपाली दूतावास पेरिस नियोग उपप्रमुख सिता बस्नेतले बिहीबार पोर्चुगलमा रहेका पत्रकार तथा संघसंस्थाका अध्यक्षहरूसँग बसेको छलफलमा उनीले बताइन्।
नेपाली दूतावास पेरिस नियोग उपप्रमुख सिता बस्नेतका अनुसार, पोर्चुगलमा नेपाली दूतावासको स्थापना भइसकेको र अन्य दैनिक कामहरू दूतावासबाटै सञ्चालन हुने भएकोले अत्यावश्यक अति जरुरी भएकाहरुले मात्र सेवा लिन सकिने भएको हो।

पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास पेरिस र लिस्बनका कर्मचारीहरु बीच नेपाली समुदायका अगुवाहरु सङ भएको परिचयात्मक अन्तरक्रिया कार्यक्रममा लिस्बनमा अब दूतावासले नियमित रूपमा सेवा दिने जानकारी गराइएको थियो ।
शिविर संचालनका लागि नेपाली दूतावास पेरिस नियोग उपप्रमुख सिता बस्नेत, लिस्बन दूतावासका अफिसर रामबाबु नेपाल र नायब सुब्बा अनील राना रहेका छन् ।
नेपाली राजदूतावास पेरिसले पोर्चुगलको लागि साउनदेखि फागुनको ५ गतेसम्ममा ५ हजार ७ सय ६८ पुलिस रिपोर्ट, शैक्षिक प्रमाणपत्र १ सय ३ अन्य कागजपत्र प्रमाणीकरण ८ सय ६२ , राहदानी अर्थात् पासपोर्ट ४ हजार ३ सय २८ गरी जम्माजम्मी ११ हजार नेपाली राजदूतावास पेरिसले पोर्चुगलका लागि सेवा दिइएको दूतावास नियोग उपप्रमुख सिता बस्नेतले बताइन्।
उक्त सेवा लिनको लागि सेवाग्राही आफै उपस्थित हुनुपर्ने अथवा आफ्नो एका घरको नाता प्रमाणित हुने नातेदारहरू मार्फत मन्जुरीनामा दि कागजात प्रमाणीकरण गर्न सकिने जनाएको छ।
राजदूतावास पेरिसको सूचना अनुसार Rua das Fontainhas 82-86, 1300-257 मा उक्त शिविर सञ्चालन गर्ने भएको हो ।
उक्त सञ्चालन भएको घुम्ती सेवा शिविरमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सेवाग्राहीहरुले सेवा लिन सकिने लिस्बन दूतावासका अफिसर रामबाबु नेपाल र नायब सुब्बा अनील रानाले बताए।