पोर्चुगल ।
आफूसँग भएको कलालाई सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएर, आत्मनिर्भर कसरी बन्ने अर्थात् सामाजिक सञ्जाल सम्बन्धी विविध विषयको कार्यक्रम क्रिएटर्स मेला २०२५ गत शनिबार पोर्चुगलको राजधानी लिस्बनमा एक कार्यक्रम गरी सम्पन्न भएको छ।
अध्ययन तथा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूमध्ये सामाजिक सञ्जालमा सक्रिय भएका केही व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।
आफूसँग कला र गला भएर पनि सामाजिक सञ्जालमा आइरहँदा राम्रो ठाउँ अर्थात् प्ल्याटफर्म नपाउँदा पछाडि परेकाहरुलाई उजागर गर्नको लागि उक्त कार्यक्रमको आयोजना गरेको आयोजक ‘क्लास एक्स स्टुडियोका प्रोपाइटर’ नवीन सुनारले बताए।
कार्यक्रममा उपस्थित हुने व्यक्तिहरूले आफ्नो धारणा व्यक्त गर्दै, यस्ता कार्यक्रमहरू अझै हुन र हुनुपर्नेमा जोड दिएका थिए।
क्रिएटर्स मेला २०२५ नाम दिएको कार्यक्रममा युरोपमै पहिलोपटक पोर्चुगलमा भएको कार्यक्रम गत मार्च ८ तारिख शनिवार राजधानी लिस्बन ‘द ग्यारेज बार’ रेस्टुरेन्टमा सम्पन्न भएको हो।
त्यस्तै कार्यक्रममा आयोजक ‘क्लास एक्स स्टुडियोका प्रोपाइटर’ नवीन सुनारको युट्युबमा एक लाख सब्स्क्राइबर पुगेको उपलक्ष्यमा युट्युबले दिने सिल्भर बटम प्राप्त गरि, कार्यक्रममा केक काटी आफूले गरेको दुःख र मेहनतलाई सम्झिएर खुसी व्यक्त गरेका थिए।
त्यस्तै कार्यक्रम सञ्चालन अमन परियारले गरेका थिए।कार्यक्रमको अन्तिममा नवीन सुनारले केक काटी कार्यक्रमको समापन गरिएको थियो।