युरोप — गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ आज सार्वजनिक भएको छ। फोरबी इन्टरटेन्मेन्ट प्रस्तुति रहेको गीतमा गायक सिवाकोटीलाई गायिका रेसु स्याङ्दानले साथ दिएकी छिन्।
लामो समयदेखि युरोपमा बस्दै आएका गायक सिवाकोटीको स्वर रहेको गीत ‘सुस्तरी सुस्तरी’ मा सरोज पोखरेलको संगीत र क्षितिज सापकोटाको शब्द रहेको छ। त्यसैगरी देवेस राईले गीतलाई एरेन्ज गरेका हुन् ।
प्राय विदेशमा हुने नेपाली साङ्गीतिक कार्यक्रममा गायक सिवाकोटीको प्रस्तुति रहने गरेको छ।
युरोपेली मुलुक पोल्यान्डको जोरी सहरमा खिचिएको गीतलाई प्रहिल कार्कीद्वारा निर्देशित गरिएको हो। गीतलाई पेट्रिक गेर्सले छायाँकन तथा राकेश दाहालले सम्पादन गरेका हुन्।
रोमान्टिक प्रेमभावले सजिएको यस गीतको भिडिओमा पोल्यान्डमा बस्दै आएकी नेपाली टिकटकर सियोन र सेतो कुकुर नामले परिचित उनका र्यापर पोलीस श्रीमानको अभिनय रहेको छ।