
पोर्चुगल — युरोपका विभिन्न देशमा बसोबास गर्ने याक्थुङ (लिम्बु) हरूको पहिलो पटक युरोप स्तरिय भेला पोर्चुगलको राजधानी लिस्बनमा गत २७ जुलाई २०२५ का दिन भव्यताका साथ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा भएको उक्त भेलाले ३ बुँदे लिस्बन घोषणापत्र जारी गर्दै समुदायको हक, हित र पहिचानका लागि ऐक्यबद्धता जनाएको छ । भेलाले […]