पोर्चुगलमा किराँत याक्थुङ चुम्लुङ पोर्चुगल द्वारा साँस्कृतिक कार्यक्रम हुदै

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनमा किराँत याक्थुङ चुम्लुङ (कियाचु) पोर्चुगलले सिसेक्पा तङ्नाम विविध साँस्कृतिक कार्यक्रम गर्ने भएका छन् ।

कार्यक्रम जुलाई २२ तारिख हुने भएको हो । “सिसेक्पा तङ्नाम साँस्कृतिक साँझ” मा याक्थुङ समुदायको आफ्नो मौलिक संस्कृति झल्किने नृत्य कला प्रस्तुति सहित विभिन्न मौलिक साँस्कृतिक खानेकुरा समेत रहने छ ।

पोर्तुगलमा लिम्बू समुदायको उपस्थिति उल्लेख वृद्दी भएसङै सन् २०१४ मा किरात याक्थुङ चुम्लुङ सामाजिक संस्था गठन गरी लिम्बूहरू विच पारस्परिक एकता, संस्कार, संस्कृतिको जगेर्ना, पौरवी तथा पुस्तान्तरण आदिमा पहलकदमी गर्दै आइरहेको छ ।

कियाचु पोर्तुगलले स्थापना कालदेखि नै प्रत्येक साल विभिन्न चाडपर्वहरूको अवसरमा कार्यक्रमहरू गर्दै आइरहेको छ । यहि अनुरुप किरात याक्थुङ चुम्लुङ पोर्चुगलले जुलाई २२ का दिन लिस्बोनमा भब्य रुपमा सिसेक्पा तङ्नाम मनाउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *