पोर्चुगल — महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई किरात याक्थुङ चुम्लुङ पोर्चुगलले सम्मान गरेको छ ।
चलचित्र प्रमोसनको लागि पोर्चुगल आइपुग्नुभएकी सुब्बालाई आइतबार विशेष कार्यक्रमकाबीच कप्तान एन्जिलालाई स्वागत तथा शुभकामना दिइएको थियो । सो अवसरमा सस्थाकी सल्लाहकार दीपा लिवाङले स्वागत मन्तव्य राखेकी थिइन् भने अन्य उपस्थित वक्ताहरूले पनि एन्जिलाको आगामी खेल जीवन थप सफलताको उचाई पुगोस् भन्ने शुभकामना दिएका थिए ।
त्यस्तै कार्यक्रममा एनआरनए युरोप क्षेत्रीय उपसंयोजक रोबर्ट लिम्बू ,सस्थाका सल्लाहकार एवं शुभचिन्तकहरुको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा एन्जिलाले आफ्नो खेल जीवनको संघर्ष, सफलता र पोर्चुगलमा प्रदर्शन हुन लागेको आफ्नो जीवनमा आधारित चलचित्रको सन्दर्भमा चर्चा गरेकी थिइन् । आइतबार र सोमबार प्रदर्शन भएको चलचित्र ‘एन्जिला’ लिस्वनमा हाउसफुल भएको थियो ।
कार्यक्रम सस्थाका अध्यक्ष रुकमान केरुङ लिम्बुको सभापतित्वमा लिस्वनको चर्चित रेस्टुरेन्ट Dream,Sushi Bar Barreiro मा सम्पन्न भएको थियो ।
एन्जिला हाल ग्रीसमा व्यवसायिक फुटबल खेलिरहेकी छिन् । उनी त्यहाँको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छन् । उनी शुक्रबार ग्रीसबाट चलचित्र प्रमोसनको लागि पोर्चुगल आएकी हुन् ।