Home Login
संघ-संस्था

कियाचु पोर्चुगललको आयोजनामा कक्फेक्वा तङ्नाम र येले संवतबारे बहस कार्यक्रम हुने

पोर्चुगल — किरात याक्थुङ चुम्लुङ पोर्चुगलले कक्फेक्वा तङ्नाम र कुसङ् येले संवतबारे भर्चुअल बहस कार्यक्रम आयोजना गर्ने भएको छ ।

यहीँ १२ जनवरी २०२५ तदनुसार पुष २८ गते भर्चुअल माध्यमबाट बहस कार्यक्रमको आयोजना गरिने किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष रुकमान केरुङ लिम्बूले बताउनुभायो ।

उक्त भर्चुअल बहस कार्यक्रममा याक्थुङ (लिम्बू)हरुको चाड कक्फेक्वा तङनाम (माघे सक्रान्ति)को मुन्धुमी मिथक, साँस्कृतिक महत्व र उपादेयताबारे बहस हुनेछ भने कुसङ येले संवतबारे देखिएका दुबिधाहरुको सन्दर्भमा पनि बहस हुनेछ ।

याक्थुङ येले येन्जिरी अनुसार यहीँ माघ १ गतेदेखि नयाँ वर्ष ५०८६ सुरु हुन्छ । कार्यक्रममा कुसङ येले संवतबारे गहन बहस र विमर्श हुनेछ ।

भर्चुअल कार्यक्रममा प्राज्ञ एवम् भाषा तथा संस्कृतिविद् हरि चन्द्र लाओती र किरात याक्थुङ माङ्गेन्ना चुम्लुङका अध्यक्ष सिर्जना मेन्याङ्बो सुब्बा प्रमुख वक्ताको रुपमा रहनुभएको छ ।

बहसमा पोर्चुगलसँगै नेपाल, वेल्जियम, जर्मनी, दक्षिण कोरिया, बहराइन, इजरायल लगायत मुकुलहरुबाट साँस्कृतिक अभियन्ताहरु जोडिने किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष केरुङले बताउनुभएको छ ।

Leave a Reply