पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा स्थापना कालदेखि नै सक्रिय संस्था किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा एक दिने केलाङ (च्याब्रुङ) नाच आयोजना हुने भएको छ ।
आगामी २६ मे सोमबार आयोजना हुन लागेको कार्यक्रम पोर्चुगलमा रहेको रेस्टुरेन्ट माकी म्याजिक सुशी रेस्टुरेन्ट एण्ड बारमा हुने भएको हो । सो कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने भएको सस्थाका अध्यक्ष रुकमान केरुङ लिम्बूले बताए ।
खासगरी किरात समुदायको कला ,संस्कृति, परम्परालाई प्रवासमा चिनाउन, प्रवर्द्धन गर्न र थप उजागर गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागेको हो, उनले भने।
नयाँ पुस्तालाई आफ्नो, कला, धर्म र संस्कृतिप्रतिको जिम्मेवारी बोध होश भन्ने हाम्रो चाहना हो, उनले जोड दिए ।
अध्ययन तथा रोजगारको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका किरात समुदायका बच्चाहरुलाई उपस्थिति गराई सो नाचको ज्ञान लिन सस्थाले विशेष अनुरोध समेत गरेको छ ।
उक्त कार्यक्रममा सहभागिता जनाउन इच्छुकहरुले ठेगाना R. Garcia da Orta 545, 2975-275 Q.ta do Conde sesimbra मा सिधै सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ ।