Home Login

इटाली — क्यानाडालाई चर्को ट्यारिफ लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनसँग जवाफी आयातकर लगाउने बताएका छन्।  युरोपियन युनियनले २८ दशमलव ३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफूहरुले पनि कर लगाउने ट्रम्पले घोषणा गरेका हुन्। ट्रम्पले अमेरिकालाई भन्सार लगाउनेहरुसँग आफूले पनि शुल्क लिने बताउँदै आएका छन्। यसै महिनाको शुरूवातमा उनले घोषण गरेको […]

एकेन्द्र थापा । अमेरिका – संयुक्त राज्य अमेरिकाको डेनभरको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । कोलोराडो कन्भेन्सन सेन्टर मा यही मार्च ८ र ९ मा सञ्चालित ‘एडभेन्चर ट्राभल शो २०२५ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक लक्ष्मण गौतम र वरिष्ठ अधिकृत खेमराज तिमल्सेनाका साथै विभिन्न नेपाली कम्पनीहरूले सहभागिता जनाएका […]

अमेरिका — अमेरिकाले भिसा सकिएको ४८ महिनामा अन्तरवार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान हटाएको छ । नयाँ प्रावधानअनुसार ४८ महिनामा भिसा नवीकरण हुने कुरालाई घटाएर १२ महिनामा ल्याइएको छ । यस्तै, अब यस्ता लक्षित वर्गका सेवाग्राहिले अनिवार्य अन्तरवार्तामै बस्नुपर्ने भएको छ । यस अघि अन्तरवार्ता नगरिकन भिसा नवीकरण हुने प्रावधान गरेको भारतीय अखबार बिजनेस टूडेले […]

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पक्राउ परेका खतरनाक आप्रवासीहरुलाई क्युबा स्थित ग्वान्टानामुखाडीमा रहेको अमेरिकी सैनिक बन्दी गृहमा पठाउन निर्देशन दिएका छन्। ट्रम्पले खतरनाक मानिएका आप्रवासीलाई ग्वान्टानामु अमेरिकी जेलमा राख्न चाँजोपाजो मिलाउन रक्षा र गृह मन्त्रालयलाई आदेश दिएका हुन्। आदेशमा ३० हजार आप्रवासी अट्ने सुविधा तयार गर्न भनिएको छ। ग्वान्टानामुखाडीमा रहेको यो जेल संसारकै खराब […]

वासिङटन — अमेरिकाको वासिङटन डिसीमा हवाई दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएर दुर्घटना भएको हो । चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा ३ […]

अमेरिका— गैरआवासीय नेपाली संघ जस्तै नेपालको पर्यटन मन्त्रालयमा दर्ता भएको अर्को एउटा संस्था युनाईटेड नेपाली डायस्फोरा अर्गनाईजेसन (UNDO) अन्डुको शनिबार काठमाडौँमा पहिलो अधिवेशन सम्पन्न भएको छ। अमेरिकामा बस्दै आएका सफल व्यवसायिक सोनम लामा अन्डुको पहिलो महाधिवेशनबाट अध्यक्ष र अस्ट्रेलियाबाट महासचिव कुशल केसी आगामी तीन बर्षको लागि निर्विरोध निर्वाचित भएका हुन्। विदेशमा रहेका नेपालीहरूलाई स्वदेश सम्म […]

डिसेम्बर ०६ युरोप । गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका सातजना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। उनीहरू गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका थिए। निष्कासित हुनेहरूमा जनार्दन रिजाल, चन्द्र अग्री, रुकसिंह बिसी, कमल बिक, सञ्जय भण्डारी,  अमित बिसी र अमृत पौडेल रहेका छन्। उनीहरूलाई अमेरिकाले विमान चार्टर गरेर काठमाडौं सम्म ल्याएको हो। उनीहरू कहिले पक्राउ परे भन्ने केही […]

न्युयोर्क – अमेरिकामा मंगलबार भएको निर्वाचनको परिणाम आउने क्रम सुरु भएको छ। पश्चिम भर्जिनियामा भर्खर आएको परिणाममा डोनाल्ड ट्रम्पले जित हात पारेका छन्। अहिलेसम्म भएको मत गणनाको आधारमा ट्रम्पले २३ इलेक्ट्रोल मत तथा कमला ह्यारिसले ३ मत पाएका छन्। इन्डियाना पश्चिम भर्जिनिया र केन्टुकीमा रिपब्लिकले सफलता पाएको हो भने भर्मोन्टमा डेमोक्र्याटले सफलता पाएको छ।