Home Login
युरोप

युरोपियन युनियनसँग जवाफी आयातकर लगाउने : डोनाल्ड ट्रम्प

इटाली — क्यानाडालाई चर्को ट्यारिफ लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनसँग जवाफी आयातकर लगाउने बताएका छन्। 

युरोपियन युनियनले २८ दशमलव ३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफूहरुले पनि कर लगाउने ट्रम्पले घोषणा गरेका हुन्।

ट्रम्पले अमेरिकालाई भन्सार लगाउनेहरुसँग आफूले पनि शुल्क लिने बताउँदै आएका छन्। यसै महिनाको शुरूवातमा उनले घोषण गरेको स्टील तथा आल्मुनियम आयातमाथिको २५ प्रतिशत भन्सार शुल्कविरुद्ध युरोपियन युनियनले जवाफी करको घोषणा गरेको थियो।

क्यानाडाले पनि कुनै पनि अमेरिकी सामान आयातमा २० बिलियन अमेरिकी डलरको सामानमा दोहोरो अङ्कको कर लगाउने भनेको छ।

बेलायती प्रधानमन्त्री किअर स्टार्मरले ट्रम्पको आयातकरको अडानलाई ‘व्यापार युद्ध’ भन्दै आफूहरु त्यसको विकल्प खोजिरहेको बताएका छन्।

Leave a Reply