Home Login
प्रवास

गैरकानुनी रूपमा अमेरिका छिरेका ७ नेपाली निष्कासित

डिसेम्बर ०६ युरोप । गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका सातजना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ।

उनीहरू गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका थिए। निष्कासित हुनेहरूमा जनार्दन रिजाल, चन्द्र अग्री, रुकसिंह बिसी, कमल बिक, सञ्जय भण्डारी,  अमित बिसी र अमृत पौडेल रहेका छन्। उनीहरूलाई अमेरिकाले विमान चार्टर गरेर काठमाडौं सम्म ल्याएको हो।

उनीहरू कहिले पक्राउ परे भन्ने केही खुलेको छैन। यद्यपि उनीहरू गैरकानुनी ढंगले अमेरिका छिरेको र त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको उनीहरू माथि आरोप छ।

अमेरिकी अध्यागमनले उनीहरूलाई बिहीबार साँझ काठमाडौं ल्याइपुर्‍याएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ। 

Leave a Reply