लिस्बन (पोर्चुगल) — किरात समुदायको महान तथा उधौली पर्व चासोक तङ्नाम ५०८५ को पावन अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्चुगलले राजधानी लिस्बनमा एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम लिस्बनस्थित ‘सिटि वोकमुन्दो’ को हलमा […]


